+
+
Shares

दोधारा चाँदनी नगरपालिकाको बजेट ६२ करोड

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १० गते १३:११

१० असार, कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाको सातौँ नगरसभाले आर्थिक वर्ष २०७८/७९ का लागि ६२ करोड १५ लाख १३ हजारका बजेट विनियोजन गरेको छ ।

पर्यटन प्रवद्र्धन, भौतिक पूर्वाधार निर्माण, आधुनिक कृषि, व्यावसायिक पशुपालन, गरिबी निवारण, नदी नियन्त्रण र आयआर्जनका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य, खेलकूद लगायतलाई बजेटमा स्थान दिइएको छ ।

नगरसभामा नीति तथा बजेट कार्यक्रम प्रस्तुत गर्नु हुँदै नगर उपप्रमुख चिनी गिरीले आयतर्फ वित्तीय समानीकरणमा १३ करोड ४० लाख, शसर्त अनुदानमा १८ करोड ४२ लाख, राजश्व बाँडफाँडमा आठ करोड २४ लाख, समपुरक अनुदानमा २३ लाख, प्रदेश राजश्व बाँडफाँटबाट १९ लाख, प्रदेशबाट वित्तीय समानीकरणमा ९७ लाख रहेको बताइन्।

प्रदेशबाट विशेष अनुदानमा ५३ लाख, प्रदेशबाट समपुरक अनुदानमा एक करोड १७ लाख ५४ हजार, आन्तरिक आम्दानीबाट तीन करोड १४ लाख २२ हजार, सडक बोर्डबाट ३५ लाख, गत वर्षको मौज्दातबाट तीन करोड ५० लाख र सामाजिक सुरक्षातर्फ १२ करोड गरी जम्मा ६२ करोड १५ लाख १३ हजार आम्दानी हुने अनुमान गरिएको छ । व्ययतर्फ चालू खर्च २४ करोड ३४ लाख ६५ हजार र पुँजीगत खर्च ३७ करोड ८० लाख ४८ हजार रहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?