+
+
Shares

मोटरसाइकल जलाएको आरोपमा रामेछापबाट दुई जना पक्राउ

रासस रासस
२०७८ असार १० गते १७:३२

१० असार, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–३ आँपचौरमा रोकिराखेको मोटरसाइकलमाथि आगजनी र तोडफोड गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मंगलबार मध्यरातमा सडकमा रोकिराखेको बा १९ प ७१ नम्बरको मोटरसाइकलमा आगजनी र प्रदेश ३–०२–०१३ प १३ नम्बरको मोटरसाइकल तोडफोड गरेको आरोपमा गएराति दुई जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नवराज ढुंगानाले जानकारी दिए ।

पक्राउ पर्नेमा सोही वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी २८ वर्षीय पदमबहादुर कार्की र खाँडादेवी–३ कै ३० वर्षीय लक्ष्मण खत्री रहेका छन् । उनीहरुमाथि मोटरसाइकलमा क्षति पु¥याएको भन्दै पीडितले प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

रातको समयमा मदिरा सेवन गरी उनीहरुले उक्त घटना गराएको डीएसपी ढुंगानाले बताए । पक्राउ परेका दुवैमाथि जिल्ला अदालतबाट मुलुकी अपराध संहिताअनुसार आपराधिक उपद्रव मुद्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान थालिने प्रहरीले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?