+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

अमेरिकामा १२ तले भवन भत्किँदा दर्जनौं बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ११ गते ७:२४

११ असार, काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यको मयामी सहर नजिक पर्ने एक १२ तले भवन भत्किँदा दर्जनौं सम्पर्कविहीन भएका छन् । घटनास्थलमा एक जनाको शव भेटिएको छ ।

भवन भत्किने बेला त्यहाँ कति जना थिए भन्ने पनि खुलेको छैन ।

मयामीको उत्तरमा पर्ने सर्फसाइड क्षेत्रको सो भवन सन् १९८० मा बनेको थियो । त्यसमा २३० वटा फ्ल्याट थिए । तीमध्ये आधाजसो भत्किएको बीबीसीले जनाएको छ ।

फ्लोरिडा राज्यका गभर्नर रन डिसेन्टिसले क्षति धेरै भएको अनुमान गर्दै भनेका छन्, ‘जुन प्रकारले ध्वस्त भएको छ, त्यसलाई हेर्दा हामी नराम्रो समाचार सुन्नका लागि पूर्णरुपमा तयार रहनुपर्छ ।’

सो घटनापछि धेरै ल्याटिन अमेरिकी प्रवासीहरु सम्पर्कमा नरहेको सूचना वाणिज्य दूतावासले दिएको छ । सम्पर्कविहीन हुनेमा पाराग्वेकी प्रथम महिलाका नातेदार पनि रहेको पाराग्वेका अधिकारीहरुले दिएका छन् ।

पाराग्वेकी प्रथम महिला सिल्भाना लोपेज मोरेराकी बहिनी, भाइबुहारी, उनीहरुका तीन बच्चा र एक जना घरेलु कामदारलाई उद्धारकर्ताले फेला पार्न नसकेको बीबीसीले जनाएको छ ।

३५ जनालाई घटनास्थलबाट उद्धार गरिएको र केहीलाई उपचारका लागि अस्पताल पठाइएको अधिकारीहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?