Comments Add Comment

किर्गिस्तानमा खुल्यो पहिलो फट्यांग्रा फार्म

किराको धुलो चीनमा बेचेर मनग्गे व्यापार गर्ने लक्ष्य

मध्य एसियाली मुलुक किर्गिस्तानमा पहिलो फट्यांग्रा फार्म खुलेको छ । सीमा जोडिएको चिनियाँ बजारको अत्यधिक मागलाई मध्यनजर गर्दै एकजना व्यवसायीले किर्गिस्तानमै पहिलो पटक फट्यांग्रा खेती सुरु गरेका हुन् ।

उक्त फार्मबाट उच्च प्रोटिनयुक्त फट्यांग्राको पिठो तथा तारेका फट्यांग्राका खाजा उत्पादन गरी चीन निर्यात गर्ने लक्ष्य लिइएको छ ।

अदिल गापारोभ नामक व्यवसायीले खोलेको क्रिकेट जातको फट्यांग्रा फार्ममा अहिले एक टनभन्दा धेरै फट्यांग्रा पालिएका छन् ।

अनलाइनमा क्रिकेट किराको प्रजनन तथा पालनका विषयमा विभिन्न आलेखहरु पढेपछि आफू यसको खेतीका लागि उत्प्रेरित भएको उनी बताउँछन् ।

आफूहरुको मूख्य व्यवसाय भनेको उच्च प्रोटिनयुक्त किराको धुलो उत्पादन गर्नु रहेको बताउँदै उनले त्यस्तो धुलोमा ७० प्रतिशतभन्दा धेरै प्रोटिनका साथै विभिन्न खाले पोषक तत्वरु हुने दाबी गर्दछन् । उक्त फट्यांग्राको पिठोको मूल्य प्रतिकिलो ८२ डलर पर्दछ ।

फट्यांग्राको धुलोको साथै उनले तेलमा तारेका फट्यांग्राहरु पनि बिक्री गर्दछन् । त्यस्तो डिप फ्राइड क्रिकेटलाई बियरको सितनको रुपमा खान सकिने उनी बताउँछन् । त्यसमा उनले केही मसला तथा सुगन्धसमेत हालेका हुन्छन् ।

हाल आफ्नो फार्ममा एक टनजति फट्यांग्रा रहेको भन्दै उनले चीनसँग व्यापार गर्नका लागि कम्तिमा पनि ५ टन फट्यांग्रा आवश्यक पर्ने बताउँछन् ।

स्मरण रहोस् चीनमा हरेक वर्ष ३० हजार टन विभिन्न किरा फट्यांग्रा खपत हुन्छ । तर त्यहाँ जम्मा २० हजार टनमात्रै उत्पादन हुने गरेको छ ।

रोयटर्सबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment