Comments Add Comment

सप्तरीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा २ बालिकाको मृत्यु

१२ असार, सप्तरी । सप्तरीमा तेल बोक्ने ट्यांकरले एकसाथ दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा २ जना बालिकाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत अग्निसाइर कृष्णासावरण गाउँपालिका–२ सीतापुरस्थित सडकमा शनिबार ट्यांकरले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख ५४९५ नम्बरको ट्यांकरले सडकको बायाँ भागमा रोकिराखेको स.११ प २५८५ र स.२ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ठक्करले स.११ प २५८५ नम्बरको मोटरसाइकलमा सबार रुपनी गाउँपालिका ३ कि ८ बर्षकी यशोधा देवीको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक उदयभान द्धिवेदीले बताए ।

यो मोटरसाइकल मृतक बालिकाको मामा कुसुमलाल मण्डलले चलाइरहेका थिए । मोटरसाइकलमा मण्डलसहित उनकी दिदी सुमनदेवी र भाञ्जी यशोधा सवार थिए ।

यस्तै, स २ प ५२४५ नम्बरको मोटरसाइकलमा सवार कञ्चनरुप नगरपालिका ६ बस्ने सुनैया प्रबीणको सोही ट्यांकरको ठक्करले मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालिकाका हजुरबुवा सलीमले बुहारी र नातिनीलाई लिएर घरतर्फ जाँदै गर्दा ट्यांकरले ठक्कर दिएको प्रहरी निरीक्षक द्विवेदीले बताए ।

दुबै मोटरसाइकलमा सवार अन्य व्यक्तिहरु भने सामान्य घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment