Comments Add Comment

ड्रग माफियाकी फेसनेबल पत्नीको अनौठो कथा

जो फेसनेबल थिइन्, जसलाई ‘ब्युटी क्विन’को उपमा दिइएको थियो, जो न्युर्योकको चम्किलो शहरमा चमकदमकपूर्ण जीवन बिताइरहेकी थिइन्, उनी अहिले जेलको चिसो छिँडीमा रात गुजार्दैछिन् । आखिर उनी को थिइन् ? के कारणले उनको जीवन तहसनहस भयो ?

उनी थिइन्, एमा कोरोनेल ऐसपुरो । खासमा उनी कुख्यात ड्रग माफिया अल चौपेकी श्रीमती थिइन्।

उनी न्युर्योकमा एक चमकदमकपूर्ण जीवन बिताइरहेकी थिइन् । अल चौपोको श्रीमती हुनुको नाताले उनलाई यी सम्पूर्ण सुविधा मिलेको थियो । तर उनलाई प्रहरीले पक्राउ गर्‍यो । उनी अहिले भर्जिनियाको एक जेलमा पुगेकी छन् ।

आखिर लागुऔषधको काराबार गर्ने गिरोहकी यी महारानीलाई के भएको थियो ?

भर्जिनियाको उक्त जेलखानाको झ्याल आयातकार आकारमा काटिएको छ । त्यसको बीचमा एउटा इँटाको भाग जति ठाउँ छाडिएको छ । यही भित्र एकान्त काराबासका लागि प्रयोग हुने एक साँघुरो कोठामा छिन्, करोनेल ऐसपूरो ।

उनका वकिल म्यारिएल कोलोन मिरो भन्छन्, त्यस कोठरीमा आफ्नो समय व्यतित गर्नका लागि एमा ‘रोमान्टिक’ उपन्यास पढिरहेकी छन् ।

यस जेलमा एमाको जिन्दगीको हालत उनको पछिल्लो जिन्दगीभन्दा एकदमै विपरीत छ ।

केही महिनाअघि-

एमा एक योजना बुनिरहेकी थिइन्, ‘अल चैपो गूजमेन’ नाम दिएर कपडाको नयाँ ब्रान्ड सुरु गर्ने । खासगरी मेक्सिकोमा यी दम्पतीलाई स्टाइल आइकन मानिन्छ । उनकी छोरीले पनि आफ्ना पिताको नाम प्रयोग गर्दै एक फेसन उद्योग सुरु गरेकी छन् ।

सन् २०१९ मा जब एमाका पति गुजमेनमाथि न्युर्योकको अदालतमा मुद्दा चलिरहेको थियो । अदालतमा एमाले गहना र महंगो घडी लगाइरहेकी थिइन् ।

यसवर्षको सुरुमा ३१ वर्षीय एमीलाई भर्जिनियाको डलास अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरियो । उनलाई लागुऔषध कारोबारका लागि आफ्ना पतिलाई सहयोग गरेको आरोप छ । उनका ड्रग कारोबारी ६४ वर्षीय पति कोलोराडो सुपरम्याक्सको जेलमा आजीवन काराबासमा छन् ।

एफबीआई अधिकारीका अनुसार एमीले कोकिन कारोबारको काम गरिन् र २०१५ मा मेक्सिकोको जेलबाट आफ्ना पतिलाई भगाउने योजनामा सहयोग गरिन् ।

एमाको निजी जिन्दगीको कथा, एक धोकेबाज पति, पतिको दोस्रो प्रेमिका र एक आपराधिक संगठनको उतारचढावमा घुमेको छ । अब एमाको कथाले लागुऔषध धन्दाको रहस्यमयी दुनियाँ र त्यसमा संलग्न महिलाको बारेमा धेरैकुरा भन्छ ।

उनीमाथि जुन आरोप लागेको छ, त्यसलाई एकातिर छाडेर हेर्ने हो भने एमाको जिन्दगी निकै रहरलाग्दो थियो । उनले आफ्नो निजी जीवनमा खास स्थान बनाएकी थिइन् । उनी एक सार्वजनिक व्यक्तित्व र एक कारोबारी थिइन् ।

जतिबेला उनका पति गुजमेन लागुऔषधको धन्दा चलाइरहेका थिए, त्यसबेला उनीसम्मको पुग्ने हो यसको सम्पूर्ण तय उनै एमा गर्थिन् ।

परम्परागत रुपले ड्रग माफियाकी पत्नी ‘एकदमै कामुक’ महिलाको रुपमा देखिन्छ, जोसँग कुनै काम हुँदैन । तर, एमा अलग थिए । शाश्वत महिलासँग पनि आफ्नो पाखुरीको तागत हुन्छ । आफ्नो फेसन कम्पनी खोल्ने योजनासँगै एमा आफूलाई बहादुर सावित गर्न अगाडि बढ्दै थिइन् । तर उनीमाथि छानबिन भइरहेको थियो । जस्तो कि उनीहरूको जग भत्किरहेको थियो, किल्ला भत्किरहेको थियो ।

जबकि लागुऔषधमा सत्ता हासिल गर्नु जोखिमपूर्ण पनि छ । एक विशेषज्ञ भन्छन्, ‘यदि तिमी यस्तो धन्दामा छौ भने आखिरमा तिमी या त पक्राउ पर्छौ, या त मारिन्छौ ।’

अपहरण र हत्या

जतिबेला अदालतमा उनका पतिको मुद्दामाथि सुनुवाइ हुँदै थियो, त्यसबेला एमा निस्फ्रिक्री देखिन्थिन् । उनी आइसबर्ग लेटिस खाइरहेकी थिइन् । साथीहरुसँग क्याफेटेरियामा बसेकी उनी हाँसीमजाक गरिरहेकी थिइन् । एमाका वकिल भन्छन्, ‘जबदेखि मैले उनलाई जाने, उनी एक ऊर्जाले भरिपूर्ण महिला थिइन् । सधैंजसो मुस्कुराइरहेकी हुन्थिन् ।’
एमासँग अमेरिका र मेक्सिको दुवैको नागरिकता छ । उनको १७ वर्षको उमेरमा गुजमेनसँग भेट भएको थियो । उनीहरूको दुई सन्तान छन् ।

मेक्सिकोमा रहेर लागुऔषध धन्दबारे अध्ययन गर्ने पेरिसका सुरक्षा विश्लेषक लि कुर ग्रान्डमाइसनले एमीलाई ‘सिनालोआ अप्सरा’ मान्छन् ।

रातो लिपस्टिक, हिराको गहना र फिटिंग जिन्स लगाउने एमा ‘ब्यूकोना’को छवी पेस गर्थिन् । मेक्सिाकोमा ‘ब्युकोना’ शब्दको प्रयोग लागुऔषध कारोबारीका प्रेमिकाका लागि गरिन्छ ।

उनी एकदमै महँगो लुगा लगाउँथिन् ।  आफ्नो बिलासी जीवनलाई सटिक ढंगले देखाउँथिन् । उनको यो आकर्षक छवि पतिका लागुऔषध धन्दाको अन्धकार संसारभन्दा एकदमै उल्टो थियो ।

गुजमेनले अवैध लागुऔषध बजारमा आफ्नो नियन्त्रण बनाइराख्नका लागि हिंसाको सहारा लिए । यसको नतिजा, उनी र उनका परिवार धनाड्य भए । सन् २००६ देखि अहिलेसम्म मेक्सिकोमा तीन लाखभन्दा बढी मान्छे मरिसकेका छन् । यसपछि सरकारले यस धन्दामाथि सफाइ अभियान चलाएको हो ।

लागुऔषधसँग जोडिएको हिंसामा पीडित गुसमेनका शत्रुका साथसाथै उनका नजिकका मान्छे पनि छन् । उनको एक प्रेमिकाको लास एक कारको डिग्गीमा भेटिएको थियो । यो हत्या कथित रूपमा उनका प्रतिद्वन्द्वी गुटले गराएका थिए ।

वफदारीको मूल्य

लामो समयसम्म गुजमेनको प्रेमिका रहेकी लुसेरो गुआदालूपे सांचेज लोपेजले अदालदमा गुसमेनको विरुद्ध बयान दिएकी थिइन् । उनलाई अमेरिका र मेक्सिकोको सीमाबाट पक्राउ गरिएको थियो । लुसेरोले आफ्नो अपराध स्वीकार गरेपछि उनलाई दश वर्षको जेल सजाय सुनाइयो ।

कैदीले लगाउने निलो पहिरन लगाएकी उनले आफ्नो प्रेम सम्बन्ध र गुसमेनको लागुऔषधबारे बताएकी थिइन् । उनी एकदमै डराएकी थिइन् । उनको केही दूरीमा रहेका गुसमेन विचलित देखिन्थे र उनी पटक पटक घडी हेरिरहेका थिए ।

एमा अर्को पङ्क्तिमा बसेकी थिइन् । उनी आफ्नो लामो कपाललाई औंलाले घुमाइरहेकी थिइन् । उनले त्यसदिन त्यस्तै ज्याकेट लगाएकी थिइन्, जस्तो कि पतिले लगाएका थिए । एकै खालको ज्याकेट लगाएर एमा आफू र पतिको सम्बन्ध प्रगाढ भएको देखाउन चाहन्थे । पतिकै जस्तो ज्याकेट लगाएर उनी गुजमेनका प्रेमिकालाई यस्तो सन्देश दिन चाहन्थे कि, ‘तिमी नर्कमा जाउ, गुसमेन केवल मेरो हो ।’

अदालतमा बयान दिएपछि साँचेजलाई जेल पठाइयो, यता एमा न्युर्योकमा एक डिनरका लागि हिँडिन् ।

तर, छोटै समयमा यी दुई महिलाको हालत बदलियो । साँचेजलाई जेलबाट रिहा गरियो । अब उनी स्वतन्त्र छन् । एमा भने जेलमा पुगिन् । उनलाई अहिलेसम्म जमानत मिलेको छैन । उनले आफ्नो पतिप्रति जुन बफदारी देखाइन्, त्यो धेरैलाई मन परेको थिएन । उनले आफूले आफैँलाई एक पटमूर्ख महिला सावित गरिन् ।

यता साँचेजमा भने त्यस्तो देखिएन । एमा जेल गएकोमा उनले कुनै खुसी व्यक्त गरिनन् । बरु उनका वकिलका अनुसार एमा जेल गएकोमा साँचेज दुःखी भइन् । किनभने उनी एउटी आमा पनि थिइन् र जेल गएपछि बच्चाहरुसँग बिछोडिनु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment