Comments Add Comment

यो वर्ष पनि रोपाइँ महोत्सवमा हिलो खेल्न नपाइने

१३ असार, काठमाडौं । असार १५ गते मनाईने धान दिवस तथा रोपाइँ महोत्सवमा यस वर्ष पनि हिलो खेल्न तथा मनोरञ्जनको गतिविधि गर्न रोक लगाइएको छ । कृषि विभागले आइतबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो ।

रोपाइँ महोत्सव सम्बन्धी कोभिड १९ महामारी मापदण्ड २०७८ सार्वजनिक गर्दै विभागले सुरक्षित ढङ्गबाट रोपाइँ महोत्सव तथा धान दिवस मनाउन आग्रह गरेको छ ।

‘सांस्कृतिक, परम्परागत तथा मनोरन्जनात्मक कार्यक्रम तथा हिलो खेल्ने काम नगर्न तथा कोभिड सुरक्षाको न्युनतम् स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिन्छ,’ विभागले भनेको छ ।
महामारीको रुपमा फैलिएको कोभिड-१९ संक्रमणबाट सुरक्षित रहन, महोत्सव मनाउने ठाउँमा पनि थोरै संख्यामा मात्रै भेला हुन र सुरक्षाका सबै मापदण्ड पालना गर्न विभागले आग्रह गरेको छ ।

यसवर्ष सांकेतिक रोपाइँ महोत्सव

सरकारले वर्षेनी मनाउँदै आएको रोपाइँ महोत्सव यस वर्ष पनि सांकेतिक रुपमा मनाउने निर्णय विभागले गरेको छ ।

गत वर्ष जस्तै कृषि अनुसन्धान परिषद्को हातामा अठारौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७८ मनाइने विभागले जनाएको छ ।

स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार न्युन सहभागितामा रोपाइँ गरिने र कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री बसन्त नेम्वाङ पनि सहभागी हुने विभागका सूचना अधिकारी मोहनप्रसाद खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment