Comments Add Comment

यी हुन् पेस मेकरलाई खतरनाक हुने एप्पलका उत्पादन

काठमाडौं । मुटुमा राखिने पेसमेकर लगायत शरीरमा प्रत्यारोपण गरिने विभिन्न खाले उपकरणका लागि खतरनाक हुने विभिन्न प्रडक्टहरुको सूचि एप्पलले सार्वजनिक गरेको छ ।

शरीरमा प्रत्यारोपित चिकित्सा उपकरणहरु भन्दा टाढै राख्नुपर्ने एप्पलका प्रडक्टहरुको सूचिमा आइफोन १२, एप्पल वाच तथा म्याकबुक प्रो लगायतका छन् ।

धेरै कन्जुमर इलेक्ट्रोनिक्स उपकरणहरुमा चुम्बक लगायतका वस्तु हुन्छन्, जसले शरीरमा प्रत्यारोपण गरिएका मेडिकल डिभाइसहरुलाई असर पार्दछन् ।

आफ्ना विभिन्न प्रडक्टहरुको माध्यमबाट प्रयोगकर्ताको मुटुको स्वास्थ्यलाई प्रवर्द्धन गर्ने गरेको एप्पलले आफ्ना स्मार्ट घडीमा इलेक्ट्रोकार्डियोग्राम परीक्षणको फिचर राखेको छ । तथापि एप्पलले सार्वजनिक गरेको पछिल्लो सूचनाले चाहिँ उसका कतिपय प्रडक्टमा राखिएका पाटपुर्जाको स्वास्थ्य जोखिम रहेको देखाएको हो ।

एप्पलका अनुसार कतिपय निश्चित परिस्थितिमा चुम्बक तथा विद्युत चुम्बकीय क्षेत्रले चिकित्सा उपकरणमा असर पार्दछन् ।

एप्पलका अनुसार प्रत्यारोपित पेसमेकर र डिफिब्रिलेटरमा हुने सेन्सर निकट सम्पर्कमा रहेको चुम्बक तथा रेडियो तरंगबाट प्रभावित हुन्छ ।

एप्पलका अनुसार कम्पनीका ती प्रडक्टहरु शरीरमा प्रत्यारोपित मेडिकल डिभाइस भन्दा कम्तिमा १५ सेमी टाढा राख्नु पर्दछ । अझ ती डिभाइस वायरलेस चार्जिङ हुने भएमा त्यसको दोब्बर टाढा राख्नु पर्दछ ।

स्मरण रहोस् सामसुंग र हुवावेले यसअिघ नै आफ्ना प्रडक्हरुको विषयमा सोही खालको निर्देशिका जारी गरिसकेका छन् ।

एप्पलले तयार पारेको सूचिमा आइफोन १२ ले प्रत्यारोपित डिभाइसलाई प्रभावित पार्ने विषय उल्लेख रहेको म्याकर्युमर्सले जनाएको छ ।

अमेरिकी हार्ट एसोसिएसन जर्नलमा प्रकाशित शोध अनुसार आइफोन १२ प्रो म्याक्समा रहेको म्यागसेफ प्रविधिले चुम्बकमा अवरोध गरी जिवनदायिनी उपचार अर्थात् प्रत्यारोपित उपकरणको प्रभावकारीतामा गिरावट ल्याउँदछ । म्यागसेफ फिचरका कारण आइफोन १२ मा फास्ट वायरलेस चार्जिंग सम्भव हुन्छ ।

एप्पलका अनुसार कम्पनीका यी प्रडक्टहरुमा चुम्बक हुने भएकाले त्यो पेसमेकर लगायतका लागि हानिकारक हुन सक्दछ ।

AirPods and charging cases

  • AirPods and Charging Case
  • AirPods and Wireless Charging Case
  • AirPods Pro and Wireless Charging Case
  • AirPods Max and Smart Case

Apple Watch and accessories

  • Apple Watch
  • Apple Watch bands with magnets
  • Apple Watch magnetic charging accessories

HomePod

  • HomePod
  • HomePod mini

iPad and accessories

  • iPad
  • iPad mini
  • iPad Air
  • iPad Pro
  • iPad Smart Covers and Smart Folios
  • iPad Smart Keyboard and Smart Keyboard Folio
  • Magic Keyboard for iPad

iPhone and MagSafe accessories

  • iPhone 12 models
  • MagSafe accessories

Mac and accessories

  • Mac mini
  • Mac Pro
  • MacBook Air
  • MacBook Pro
  • iMac
  • Apple Pro Display XDR

Beats

  • Beats Flex
  • Beats X
  • PowerBeats Pro
  • UrBeats3

-बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment