Comments Add Comment

नार्क परिसरमा मन्त्री नेम्वाङले रोपे धान (फोटो फिचर)

१५ असार, काठमाडौं । आज किसानका लागि विशेष दिन अर्थात धान दिवस । देशैभर धान रोपेर किसानहरुले यो दिवस मनाउँदै छन् ।

निषेधाज्ञा खुकुलो भएकोले सरकारले पनि औपचारिक कार्यक्रमका साथ दिवस मनाएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को आयोजनामा खुमलटारमा धान रोपिएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री वसन्तकुमार नेम्वाङको उपस्थितिमा धान रोपिएको हो । कार्यक्रममा मन्त्री नेम्वाङले पनि नार्क परिसरको जग्गामा मेशिन र आफैँले धान रोपेका छन् ।

कृषि मन्त्रालयका अनुसार असार १५ गतेसम्म देशभर २७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

तस्वीर : चन्द्र बहादुर आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment