Comments Add Comment

कोरोनाले रोकिएको ‘आँधी तूफान २’को छायाँकन सुरु गर्ने तयारी

निषेधाज्ञा खुकुलो भएसँगै चलचित्र ‘आँधी तुफान २’को छायाँकन शुरु गर्ने तयारीमा निर्माण पक्ष जुटेको छ । कोरोना संक्रमण रोकथाम एवं नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण चलचित्रको छायाँकन रोकिन पुगेको थियो ।

असारको २२ गतेभित्र छायाँकन शुरु गर्ने तयारी रहेको चलचित्रका लेखक एवं निर्माता रहेका मौनता श्रेष्ठले जानकारी दिए । ‘७ दिनमै छायाँकन रोक्नुपरेको थियो’ उनले भने, ‘निषेधाज्ञा क्रमश खुकुलो बन्दैछ । टिमलाई जुटाएर ८–१० दिन भित्रमा छायाँकन शुरु गर्ने तयारी गरेका हौं ।’ उनले काभ्रेको एक गाउँबाट चलचित्रको छायाँकन शुरु गरिने तयारी रहेको बताए ।

१४ वर्षअघि ‘आँधी तूफान’को निर्माण गरिएको थियो । महेन्द्र बुढाथोकीको निर्देशन रहेको चलचित्रलाई दर्शकले रुचाएका थिए । सोही चलचित्रको सिक्वेलका रुपमा ‘आँधी तूफान २’निर्माण गर्न लागिएको हो ।

मदन घिमिरेको निर्देशन रहेको ‘आँधी तूफान २’मा आरती आचार्य, सोनी बिसी, याङसु श्रेष्ठ शीर्ष भूमिकामा हुनेछन् । त्यस्तै, रवी गिरी, धुव्र कोईराला, कनिज कोइराला, रुपा केसी लगायतको अभिनय रहनेछ ।

थ्रीलर सस्पेन्स कथामा महिला एक्सनप्रधान चलचित्र बन्न लागेको निर्माण टिमले जनाएको छ । चलचित्रमा रामशरण उप्रेतीको छायाँकन, सुरेश अधिकारीको संगीत, कमल राईको नृत्य रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment