Comments Add Comment

काठमाडौं महानगरपालिकाले ‘पिक एण्ड ड्रप’ प्रणालीमा सवारी साधन सञ्चालन गर्ने

१५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाकाले खुल्लामञ्चस्थित बसपार्क हटाएर सबै सवारी साधनलाई पिक एण्ड ड्रप प्रणालीमा सञ्चालन गर्ने भएको छ । महानगरको यो निर्णयसँगै अब साना तथा ठूला सार्वजनिक सवारी साधनहरु शहरी क्षेत्रमा लामो समयसम्म एकै स्थानमा रोकिन पाउने छैनन् । यसका साथै उनीहरुले खुल्लामञ्चमा सवारी पार्किङ समेत गर्न पाउने छैनन् ।

काठमाडौं महानगरपालिकाले पुरानो बसपार्क हटाएर काठमाडौं टावर निर्माण गर्न थालेपछि बसपार्कलाई खुल्लामञ्चमा सारिएको थियो । अहिले खुल्लामञ्चबाट पनि बसपार्क हटाएपछि यातायात व्यवसायी तथा मजदुरहरुले महानगरपालिकाको निर्णयको विरोध गर्दै आएका थिए ।

महानगरपालिका र यातायात व्यवसायीका प्रतिनिधि तथा मजदुरका प्रतिनिधिहरुबीच मंगलबार भएको छलफलमा छलफलमा एनएसी आसपास, न्युरोड गेट अगाडि र वीर अस्पताल अगाडिको रोडमा नै पिक एण्ड ड्रपको व्यवस्था मिलाउने सहमति भएको नगरप्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिए ।

‘साविकमा काठमाडौं महानगरपालिकाकाले सञ्चालन गरेको पुरानो बसपार्क भएको स्थानमा काठमाडौं टावर बनिरहेको छ । त्यसको निर्माण सम्पन्न भएपछि बसपार्क नै बन्ने हो । त्यसलाई हामीले अस्थायी रुपमा खुलामञ्चमा सिफ्ट गरेका थियौं,’ उनले भने, ‘खुल्लामञ्चलाई अहिले खुल्लामञ्चकै रुपमा प्रयोग गर्नुपर्ने अवस्था भएकाले त्यहाँबाट सञ्चालित बसहरुलाई पुरानो पिक एण्ड ड्रप पद्धतिमा सञ्चालन गर्नका लागि हामीले व्यवसायी साथीहरुसँग बसेर छलफल गर्‍यौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment