Comments Add Comment

एमालेमा आयोजक कमिटीको कुनै वैधता छैन : गोकर्ण विष्ट

१६ असार, काठमाडौं । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने गरी नेकपा एमालेको बैठक बालुवाटारमा बस्दैछ । यो बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल सहित कारबाही गरिएका एघार जना बाहेक सबैलाई बोलाइएको छ ।

तर माधव नेपाल समूहले भने वैधता नरहेको बैठकमा कसैलाई बोलाउनु वा नबोलाउनुको अर्थ नरहने जनाएको छ । ‘एमालेको नवौं महाधिवेशनबाट पारित विधानले महाधिवेशनबाट छानिएको कमिटी मात्रै चिन्दछ । आयोजक कमिटीको कुनै वैधता छैन’ माधव नेपाल निकट नेता गोकर्ण विष्ट भन्छन् ।

वैधता नरहेको कमिटीको बैठकबारे थप प्रतिक्रियाको आवश्यकता नरहेको पनि उनले बताए । गएको २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व खारेज गरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए ।

तर आजको बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी कायम गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment