+
+

बारामा सर्पको टोकाइबाट एक युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १६ गते १२:५५

१६ असार, वीरगञ्ज । बाराको निजगढमा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहनगरपालिका–१५ भोर्ले बस्ने २० वर्षीय सरोज बम्जनको मृत्यु भएको हो ।

उनी निजगढ नगरपालिका– १३ डमरपुर स्थित मामा घरमा बस्दै आएका थिए । बुधबार बिहान ३ बजे सर्पले उनको कानमा टोकेको थियो ।

सर्पको टोकाइबाट घाइते भएका उनलाई प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?