+
+
Shares

मध्यपूर्वी पृतना हेडक्वाटरमा रामजानकी बाटिका निर्माण हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १६ गते १९:३६

१६ असार, जनकपुरधाम । महोत्तरीको बर्दिवासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वाटरमा रामजानकी बाटिका निर्माण हुने भएको छ ।

प्रदेश २ सरकारको लगानीमा निर्माण हुने रामजानकी बाटिकामा नेपालको साझा संस्कृति झल्काउने रामजानकीको पूर्ण कदको प्रतिमा, पृथ्वीनारायण शाहको प्रतिमा, राष्ट्रिय प्रतीक, नेपाली सेनाको लोगो, मिथिला संस्कृति झल्काउने विभिन्न सामग्रीका साथै गौरीशंकर हिमालको प्रतीकात्मक स्वरूप निर्माण गरिनेछ ।

उक्त बाटिकाको मुख्यमन्त्री लालबाबु राउतले बुधबार शिलान्यास गरेका छन् । शिलान्यास गर्दै मुख्यमन्त्री राउतले मधेसका जनता नेपाली सेनाप्रतिको अपनत्व ग्रहण गर्न नसकिरहेको अवस्थामा नेपाली सेनाले पछिल्लो समयमा मधेसी जनतासँग अपनत्व बढाउने गरी कार्य गरिरहेको भन्दै धन्यवाद दिए ।

कोरोना महामारीजस्तो विषम परिस्थितिमा प्रदेशका जनताका लागि नेपाली सेनाले प्रदेश सरकारसँगको समन्वयमा गरेका कामहरु प्रशंसनीय रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले नेपाली सेनासँगको सहकार्यलाई सदैव निरन्तरता दिने बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?