+
+
Shares

बारामा करेन्ट लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १७ गते १०:३३
प्रतीकात्मक तस्वीर

१७ असार, वीरगञ्ज । बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका -१४ बस्ने ४५ वर्षीय मदनलाल जैसवालको मृत्यु भएको हो ।

आफ्नै घरको कलमा जडान गरिएको मोटरको तार जोड्ने क्रममा उनलाई बिहीबार बिहान ८ : २० बजे करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि कलैया अस्पताल ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?