News Summary
Generated by OK AI. Editorially reviewed.- रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मुग्लुखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको छ ।
- ब्याट्रीबाट करेन्ट लागेर घाइते भएका भण्डारीको जिल्ला अस्पताल सल्लेमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
- प्रहरीले घटनाको अनुसन्धानका लागि भण्डारीसँगै माछा मार्न गएका उनका चार जना साथीलाई नियन्त्रणमा लिएको छ ।
८ असार, त्रिवेणी (रुकुम पश्चिम) । मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मृत्यु भएको छ ।
पश्चिम मुसिकोटस्थित मुग्लुखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा घाइते भएपछि उपचारका जिल्ला अस्पताल सल्लेमा ल्याइएकामा त्यहाँ निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रमुख वेदबहादुर पौडेलले जानकारी दिए ।
साथीहरूसँग ब्याट्रीबाट करेन्ट लगाई माछा मर्ने क्रममा एक्कासि करेन्ट लागि घाइते भई उपचारको लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो
घटनाको जानकारीपश्चात् जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक यामराज शर्माको नेतृत्वमा पाँच जनाको प्रहरी टोली खटिएको थियो ।
सुन्दरसँग माछा मार्न गएका उनका चार जना साथीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान भइरहेको उनले बताए । रासस
प्रतिक्रिया 4