+
+
Shares

करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु

रौतहटको देवाही गुनाही नगरपालिका–४ नदीपारि टोलमा करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १७:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रौतहटको देवाही गुनाही नगरपालिकामा धारामा नुहाउने क्रममा मोटरबाट करेन्ट लाग्दा १२ वर्षीया बालिका वर्षाकुमारी पटेलको मृत्यु भएको छ ।
  • करेन्ट लागेर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरे ।
  • प्रहरीले शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौर पठाएर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ ।

१९ जेठ, चन्द्रपुर (रौतहट) । रौतहटको देवाही गुनाही नगरपालिका–४ नदीपारि टोलमा करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ ।

धारामा नुहाउने क्रममा मोटर जडान गरिएको मोटरबाट धारामा विद्युतीय करेन्ट प्रवाह हुँदा सोही टोलका बिजेन्द्र पटेलकी १२ वर्षीया छोरी वर्षाकुमारीको आज करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी पटेलको उपचारका लागि सुकदेव चोकस्थित नेपाल तराईसिटी अस्पताल लगिएको भए पनि चिकित्सकले जाँचपछि मृत घोषणा जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक रोहितकुमार शर्मा बढइले जानकारी दिए ।

बालिकाको शुकदेव चोकबाट शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौर ल्याइएको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक बढइले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?