+
+
Shares

चन्देश्वर खेतमा मजदुरी गर्न गएका थिए, विद्युतीय तारमा परेर ज्यान गुमाए

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १३:३५
घटनापछि भेला भएका स्थानीयहरू ।

८ माघ, जनकपुरधाम । धनुषामा जंगली जानवरबाट बाली जोगाउन खेतमा लगाएको विद्युतीय बारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाधाम नगरपालिका-६ हरिपुर नयाँटोलका ५० वर्षीय चन्देश्वर महताे रहेका छन् ।

स्थानीयय रामचन्द्र महताेले आफ्नाे खेतमा लगाएको विद्युतीय बारमा आज बिहान पौने ११ बजे करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चन्देश्वर रामचन्द्रकै खेतमा मजदुरी गर्न गएका थिए । त्यही विद्युतीय बारमा करेन्ट लागेर एउटा बाँदर समेत मरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लागिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?