News Summary
Generated by OK AI. Editorially reviewed.- जुम्लामा सीसीटीभी जडान गर्ने क्रममा करेन्ट लागेर ३१ वर्षीय अर्जुन महताराको मृत्यु भएको छ।
- उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका छन्।
- अर्जुन महताराले केही म्युजिक भिडियोमा अभिनय पनि गरेका थिए।
१० कात्तिक, काठमाडौं । सीसीटीभी जडान गर्ने क्रममा करेन्ट लागेर जुम्लाका एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–१ आचार्यबाडा घर भई हाल पातारासी गाउँपालिका–५ लासी बजारमा होटल सञ्चालन गर्दै आएका ३१ वर्षीय अर्जुन महतारा छन् ।
आइतबार राति करिब साढे १० बजेतिर घरमा सीसीटीभी क्यामरा जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको जुम्लाका डीएसपी रबिनबाबु रेग्मीले जानकारी दिए ।
महताराले केही म्युजिक भिडियोमा अभिनय पनि गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4