Comments Add Comment

आमसञ्चार गृह सञ्चालनको विरोधमा बागमतीका १०९ प्रदेशसभा सदस्यलाई ज्ञापनपत्र

१७ असार, हेटौंडा । बागमती प्रदेश सरकारले सञ्चालन गर्न लागेको आमसञ्चार गृहको विरोधमा प्रदेशसभा सदस्यलाई ज्ञापनपत्र बुझाइएको छ । सञ्चालनमा रहेका प्रदेशभित्रका सञ्चार संस्थाको विकासभन्दा पनि प्रचारको लागि सरकारले सञ्चार गृह सञ्चालन गर्न लागेको भन्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले १०९ जना प्रदेशसभा सदस्यलाई ज्ञापनपत्र बुझाएको छ ।

बागमती प्रदेश सरकारले आफैं आम सञ्चारगृह सञ्चालन गर्न १० करोड बजेट विनियोजन गरेको प्रति १०९ सांसदलाई ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएको हो ।

पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारू मगरसहितको टोलीले केही सांसदहरुलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् भने अन्य सांसदलाई संसदीय दलमार्फत ज्ञापनपत्र बुझाएका हुन् ।

महासंघले सभामुख, उपसभामुख, संसदमा प्रतिनिधित्व गर्ने नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नेमकिपा, राप्रपा र स्वतन्त्र सांसदलाई ज्ञापनपत्र बुझाएको छ । ११० सांसद रहेको प्रदेशसभामा सांसद पशुपति चौलागाईंको निधन भएकोले हाल १०९ जना छन् ।

ज्ञापनपत्रमा महासंघले प्रदेश सरकारले आम सञ्चारगृह सञ्चालन गर्ने निर्णय फिर्ता गराउन भूमिका खेलिदिन आग्रह गरिएको महासचिव मगरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment