+
+

मकवानपुर-काठमाडौं सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १८ गते ११:३०
फाइल तस्वीर

१८ असार, हेटौंडा । मकवानपुर हुँदै काठमाडौं जाने सडक अवरुद्ध भएको छ । निरन्तर परेको पानीले हेटौंडा हुँदै काठमाडौं जाने त्रिभुवन, कान्ति लोकपथ र छोटो दुरीको हेटौंडा-सिस्नेरी, हेटौंडा-फाखेल खण्ड अवरुद्घ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कान्ति लोकपथको गरगरे र ललितपुरको भट्टेडाँडामा झरेको पहिरोका कारण अवरुद्ध रहेको छ भने अन्य सडक खण्डमा भिमफेदी गाउँपालिकाको बाधझ्वरामा बाढीसँगै आएको लेदोमाटोका कारण सडक अबरुद्ध भएको छ ।

पुल निर्माणको सामग्री बगायो

मकवानपुरको गढी गाउँपालिकामा वर्षासँगै आएको खोलाले निर्माणाधीन पुलको सामग्री बगाएको छ । पालिकाको सामारी खोलामा ३ र ५ नम्बर वडा जोड्नका लागि निर्माण हुँदै गरेको पक्की पुल ढलानको क्रममा राखिएको सामग्री बगाएको प्रहरीले जनाएको छ ।

सामग्री बगाउँदा करिब ४० लाख बराबरको क्षति भएको अनुमान छ ।

बाढीका कारण गढी गाउँपालिका-५ सिमलटारमा खोला तर्नको लागि फलाम र काठबाट बनाइएको पुल पनि बगाएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिं राठोरले जानकारी दिए ।

उनका अनुसार वर्षाका कारण खोलाहरुमा पानीको बहाब बढेकाले सजग रहन अनुरोध गरिएको छ । जिल्लाका सामरी र राप्तीमा पानीको बहाब उच्च छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?