+
+
Shares

संसद पुनर्स्थापना भएपनि सरकार बन्न सक्ने अवस्था छैन : वरिष्ठ अधिवक्ता गुरागाईं

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १८ गते १२:२६

१८ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश गुरागाईँले संसद पुनर्स्थापना भयो भने पनि सरकार बन्न नसक्ने दाबी गरेका छन् ।

संसद विघटन खारेजको माग गर्दै परेको रिटमा प्रधानमन्त्रीको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता गुरागाईले भने, ‘संसद पुनर्स्थापना भयो भने पनि सरकार बन्न सक्ने अवस्था छैन । बने पनि विश्वासको मत पाउन सक्ने अवस्था छैन ।’

५ पुस २०७ठ मा पनि संसद पुनर्स्थापना गर्दा पनि सरकार दिन नसकेको भन्दै उनले भने, ‘संसद पुनस्र्थापन भएन भने चुनाव हुन्छ र चुनाव भयो भने देशले अग्रगामी कोर्स समाउँछ । जनताले मताधिकार प्रयोग गर्छन् र देश अगाडि बढ्छ ।’

वरिस्ठ अधिवक्ता बिष्णुमणि अधिकारीले पनि सरकार बन्न नसक्ने अवस्था भएकाले विघटनको कुनै विकल्प नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?