+
+
Shares

एमाले बैठकमा गणेश पहाडी र हरि पराजुली पनि सहभागी

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १८ गते १३:४८
फाइल तस्वीर : गणेश पहाडी

१८ असार, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा गणेश पहाडी र हरि पराजुली पनि सहभागी भएका छन् ।

वरिष्ठ नेता माधव नेपाल निकट नेता पहाडी २७ जेठमा सामान्य प्रशासन मन्त्री बनेका थिए । तर उनलाई सर्वोच्च अदालतले ८ असारमै पदमुक्त गरिसकेको छ । मन्त्री बनेपछि पहाडी ओली समूहको बैठकमा पहिलो पटक सहभागी भएका हुन् ।

पराजुली भने उपाध्यक्ष वामदेव गौतम निकट हुन् । गौतम पनि बैठकमा सहभागी छन् । तर माधव नेपाल समूहका नेताहरु भने अनुपस्थित छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?