Comments Add Comment

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ६ महिना पछि धकेलियो

१९ असार, काठमाडौं । राष्ट्रिय गौरवको योजना अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सक्न थप ६ महिना लाग्ने भएको छ ।

असार मसान्तभित्र सक्ने लक्ष्य भए पनि कोरोना महामारीका कारण यो आयोजना निर्धारित समयमा पूरा हुन नसकेको आयोजनाको भनाइ छ । चालू आर्थिक वर्षमा विमानस्थल निर्माणको कामले गति लिए पनि कोरोना महामारीको दोस्रो लहर र निषेधाज्ञाका कारण काममा ढिलाइ भएको हो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका उपप्रबन्धक कृष्ण पौडेलले जानकारी दिए ।

निषेधाज्ञाको समयमा काम नरोकिए पनि ५०० जनाले काम गरिरहेकामा घटेर २०० जनाले माग काम गरिहेका थिए । आयोजनामा ३०० जना हाराहारी चिनियाँ जनशक्ति आवश्यक भए पनि निषेधाज्ञाका कारण १६६ जनाले मात्र काम गरिरहेका छन् ।

आयोजनामा अहिले फिनिसिङ, लाइट हाल्ने, इलेक्ट्रिफिकेसन, इक्यूवमेन्ट, पाइपलाइन बिच्छ्याउने तथा भित्री सडकका काम भइरहेको छ । २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा सन् २०१७ को नोभेम्बरमा सुरु भएको विमानस्थल निर्माण सन् २०२१ जुलाई १० सम्म सक्ने गरी सम्झौता भएको थियो ।

हालसम्म रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओलेने स्थान), नाला निर्माण, ह्याङगर निर्माण लगायतका काम भइसकेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार वर्गमिटरमा बन्ने छ । ८ हजार वर्गमिटर अन्तर्राष्ट्रिय उडानका लागि र ६ हजार वर्गमिटर आन्तरिक उडानका लागि प्रयोग हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment