 
																			२० असार, काठमाडौं । लुम्बिनी प्रदेश सरकारको राज्यमन्त्रीबाट राजीनामा दिएकी सुमन शर्मा रायमाझीले शंकर पोखरेल नेतृत्वको सरकारलाई आफ्नो समर्थन नरहेको प्रदेशसभा सचिवालयलाई जानकारी गराएकी छन् ।
रायमाझीले आफूले संसदीय दल र पार्टीको निर्णय विपरीत पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको, तर हाल राज्यमन्त्री पदबाट राजीनामा दिई विपक्षमा रहने निर्णय गरिसकेको संसद सचिवालयलाई जानकारी गराएकी हुन् ।
आइतबार प्रदेशसभा सचिवालयमा पत्र पठाई रायमाझीले अब जनता समाजवादी पार्टीको मूलधारमा रही पार्टी संसदीय दलका नेता सहसराम यादवको नेतृत्वमा काम गर्ने र पोखरेल नेतृत्वको सरकारलाई कुनै किसिमको समर्थन नरहेको उल्लेख गरेकी छन् ।
रायमाझीले शुक्रबार राज्मन्त्रीबाट राजीनामा दिएकी थिइन् ।
हेर्नुहोस् पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4