Comments Add Comment

बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार भएका व्यक्ति पक्राउ

२० असार, काठमाडौं । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार भएका एक व्यक्तिलाई प्रहरीले काठमाडौंको बोहराटारबाट पक्राउ गरेको छ । मोरङको बेलबारी नगरपालिका–७ घर भई काठमाडौंको बालाजु बस्दै आएका ३० वर्षीय शक्ति भुजेललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पक्राउ गरेको हो ।

भुजेलले अष्ट्रेलिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट ९२ लाख रुपैयाँ लिएको र उक्त रकम फिर्ता गरिदिने भन्दै आफ्नो नाममा रहेको बैंक खाताको चेक काटेर दिएका थिए । तर खातामा पर्याप्त रकम नभएको पाइएपछि पीडितहरुले जाहेरी दिएका थिए ।

उच्च अदालत पाटनले उनलाई बैंकिङ कसूर मुद्दामा दोषी ठहर गर्दै १४ दिन कैद र ९२ लाख जरिवानाको फैसला सुनाएको थियो । पक्राउ परेका भुजेललाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको ब्युरोका उपनिर्देशक प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment