Comments Add Comment

नेपाली सेनाले प्रहरीलाई दियो ३०० थान हतियार

२१ असार, काठमाडौं । नेपाली सेनाले नेपाल प्रहरीलाई ३०० सय थान हतियार, एम्युनिशन र सम्बद्ध सामग्री प्रदान गरेको छ ।

जङ्गी अड्डामा सोमबार आयोजित एक कार्यक्रममा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीलाई हतियार हस्तान्तरण गरेका हुन् ।

सेनापति थापाले ३०० नाल राइफल, एम्युनिशन र सम्बद्ध सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

यसअघि २०७७ साउन १४ गते पनि सेनाले सशस्त्र प्रहरी बललाई पनि ६०० वटा इन्सास राइफल दिएको थियो ।

नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई विभिन्न किसिम (राइफल, सब-मेशिनगन र लाइट मेशिनगन) का १० हजार ८१८ नाल र सोको एम्युनिशन १४ लाख ९४ हजार १६ वटा प्रदान गर्ने छ ।

तीन चरणमा प्रदान गर्ने योजना अनुसार बाँकी हतियार २०७९ साल वैशाखमा उपलब्ध गराइने जङ्गी अड्डाले जनाएको छ ।

उपलब्ध गराइएका हतियार सञ्चालन र मर्मत-सम्भार तालिम पनि नेपाली सेनाले नै दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment