Comments Add Comment

नेशनल मेडिकल कलेजलाई आईओएमले सोध्यो स्पष्टीकरण

२१ असार, काठमाडौं । सरकारी छात्रवृत्तिमा पढेका विद्यार्थीसँग शुल्क मागेको विषयमा त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले वीरगञ्जको नेसनल मेडिकल कलेजलाई स्पष्टीकरण सोधेको छ ।

सरकारी छात्रवृत्तिमा पढेका विद्यार्थीसँग शुल्क मागेको विषयमा कलेजसँग जानकारी माग गरेको आईओएमकी डिन प्रा.डा.दिव्या सिंह शाहले बताइन् । ‘आयोगले परीक्षा सामेल गराउनु भनेर पत्र पठाएको छ । हामीले कलेजलाई सोधेका छौं । कलेजले जवाफ पठाएको छैन’ उनले भनिन् ।

परीक्षा फारम भर्ने अन्तिम मिति मंगलबार सकिँदैछ । समस्यामा परेका विद्यार्थी रामजी रामले आफूले फारम भर्न पाउने वा नपाउनेबारे कतैबाट जानकारी नआएको बताए । उनले भने ‘फारम भर्ने भोलि अन्तिम दिन हो अहिलेसम्म कुनै जानकारी आएको छैन ।’

सरकारी छात्रवृत्तिमा एमबीबीएस पढिरहेका रामजी रामलगायतका विद्यार्थीसँग नेशनल मेडिकल कलेजले विभिन्न शीर्षकमा शुल्क मागेको र नतिरेमा परीक्षा फारम भर्न रोक लगाएको समाचार सार्वजनिक भएको थियो ।

त्यसपछि चिकित्सा शिक्षा आयोगले रामजी रामलगायतका विद्यार्थीको समस्या बुझेर अतिरिक्त शुल्क नलिई परीक्षामा सामेल गराउन पहल गर्न आईओएमलाई पत्र पठाएको थियो ।

आयोगका सदस्य सचिव डिल्लीराम लुईंटेलले नेसनल मेडिकल कलेजलाई पनि विद्यार्थीसँग अतिरिक्त शुल्क नलिन र परीक्षामा सामेल गराउन पत्र पठाएको बताए ।आयोगले आयोग सदस्य समेत रहेका कलेज सञ्चालक बसरुद्दिन अन्सारीलाई पनि मौखिक रुपमा विद्यार्थीलाई परीक्षामा सामेल गराउन निर्देशन दिएको जनाएको छ ।

विद्यार्थीहरु अन्योलमा

परीक्षा फारम भर्ने अन्तिम मिति मंगलबार सकिँदैछ । समस्यामा परेका विद्यार्थी रामजी रामले आफूले फारम भर्न पाउने वा नपाउनेबारे कतैबाट जानकारी नआएको बताए । उनले भने ‘फारम भर्ने भोलि अन्तिम दिन हो अहिलेसम्म कुनै जानकारी आएको छैन ।’

उनीसँगै अन्तिम वर्षमा अध्ययनरत पंकजकुमार राम, चौथो वर्षमा अध्ययनरत रूपेशकुमार राम र तेस्रो वर्षमा अध्ययनरत प्रमोदकुमार रामलाई पनि नेसनल मेडिकल कलेजले परीक्षा आउने बेलामा विभिन्न शीर्षकमा शुल्क मागेर फारम भर्न रोक लगाएको छ ।

शुल्क नतिरेसम्म फारम भर्न नदिने भनेपछि पीडित विद्यार्थीले असार ७ गते रामसहित चार जना विद्यार्थीले चिकित्सा शिक्षा आयोग र चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)मा निवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment