Comments Add Comment

फिलिपिन्सको सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुग्यो

२१ असार, काठमाडौं । फिलिपिन्सको सेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ । फिलिपिन्सको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार उक्त दुर्घटनामा थप ४९ जना मानिसहरु घाइते भएका छन् । उक्त विमान सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा अधिकांश सैनिकहरु छन् । यद्यपि जमिनमा रहेका अन्य तीन जना मानिसको पनि मृत्यु भएको छ । फिलिपिन्सको सेनाका प्रवक्ताले फ्लाइटको डेटा रेकर्डरको खोजी गरिरहेको र त्यसैको आधारमा विमान दुर्घटना भएको कारण पत्ता लगाउन सकिने बताएका छन् ।

फिलिपिन्सको सेनाका मेजर जनरल किरिलिटो सोबेजनाले यो विमानमा कुनै किसिमको आक्रमणको आशंका भने अस्वीकार गरेका छन् । जोलोको विमानस्थल पहाडी क्षेत्रभन्दा केही किलोमिटर मात्र टाढा छ । उक्त पहाडी क्षेत्रमा अबु सय्यफ नामको चरमपन्थी संगठनसँग सेना लड्दै आएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीकाअनुसार विमानमा सवार धेरै यात्रीले हालै मात्र सैन्य प्रशिक्षणमा स्नातक पूरा गरेका थिए र उनीहरुलाई मुस्लिम बाहुल्य रहेको क्षेत्रमा चरपन्थी संगठनसँग लड्ने टास्क फोर्सको एक भागको रुपमा खटाउने तयारी भइरहेको थियो ।

दक्षिणी फिलिपिन्समा धेरै चरमपन्थी संगठन छन् त्यसैले त्यहाँ ठूलो संख्यामा सैनिक खटाइने गरेको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment