Comments Add Comment

जिपको नयाँ कम्पास नेपालमा सार्वजनिक

२१ असार, काठमाडौं । नेपालका लागि जिप एसयुभीको आधिकारिक विक्रेता एमएडब्लु लाइफले सोमबार नयाँ कम्पासलाई भच्र्युअल माध्यमबाट सार्वजनिक गरेको छ ।

नयाँ कम्पासलाई नेपालका चर्चित मिडिया व्यक्तित्व भुषण दाहाल र स्टाइल आइकन प्रशान्त ताम्राकारले सार्वजनिक गरेका हुन् जसलाई जिप नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा लाइभ ब्रोडकास्ट गरिएको थियो ।

नयाँ कम्पासमा आकर्षक स्टाइलिङ, अपडेटेड डिजाइन र नयाँ फिचरको लामो सूची रहेको छ । नयाँ एसयुभी स्पोर्ट, लंगिच्युड, लिमिटेड र मोडल एस गरी चार टि्रम र आठ भेरियन्टमा उपलब्ध छ जसको बारेमा विस्तृत जानकारी यसमा राखिएको छ ।

नयाँ कम्पासको मूल्य ८४ लाख ९० हजार रुपैयाँदेखि एक करोड ३६ लाख ९० हजारसम्म तोकिएको छ ।

फिचर लिस्ट

नयाँ कम्पासमा इन्टिग्रेटेड डिआरएलसहितको रिभाइज्ड हेडलाइट, नयाँ फगलाइट हाउजिङ, ठूलो एअरड्याम भएको नयाँ डिजाइनको फ्रन्ट बम्पर र नयाँ एलोइ ह्विल रहेका छन् । यसमा पहिले झैं जिपको आकर्षक सेभेन स्लट गि्रल र ट्रापेजेाइडल ह्विल आर्क पनि रहेको छ ।

इन्टेरियरमा भने व्यापक परिवतन गरिएको छ । नयाँ कम्पासमा रिभेम्प गरिएको ड्यासबोर्ड, नयाँ एसी भेन्ट, एचभीएसी कन्ट्रोलनयाँ कम्पासको  र बीचमा नयाँ १०.१ इन्चको टचस्क्रिन रहेको छ । त्यसैगरी, यसमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, डबल-स्टिच लेदर इन्सर्ट र नयाँ थि्र स्पोट स्टेरिङ ह्विल रहेको छ ।

नयाँ कम्पासमा एफसीएले निर्माण गरेको पाँचौं पुस्ताको युकनेक्ट इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो समेत रहको छ । नयाँ फिचरमा डुअल-जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर टेलगेट, ३६० डिग्री क्यामेरा, भेन्टिलेसन फिचर सहितको ८ वे इलेक्टि्रकल्ली एड्जस्टेबल फ्रन्ट सिट रहेको छ ।

ग्राहकले टि्रम र भेरियन्टअनुसार लेदर र फेबि्रक अपहोल्स्ट्रीमा डुअल टोन र फुल ब्ल्याक कम्बिनेसन पाउनेछन् ।

सुरक्षाका लागि नयाँ कम्पासमा फ्रिक्वेन्सी ड्याम्पिन सस्पेन्सन, ६ एअरब्याग, एन्टिरोल मिटिगेसन, ट्रयाक्सन कन्ट्रोल, इएससी, हिल स्टार्ट असिस्ट, इबीडीसहितको एबीएस, रेन ब्रेक असिस्ट, पार्किङ सेन्स र आइसोफिक्स चाइल्ड सिड माउन्ट लगायत ५० भन्दा बढी सुरक्षाको व्यवस्था रहेको छ ।

नयाँ कम्पासको इन्जिन र पावरट्रेन

नयाँ कम्पास अघिल्लो मोडेल झैं दुई वटा पावरट्रेनमा उपलब्ध छ । १.४ लिटरको मल्टिएअर टर्बो इन्जिनले अधिकतम १६० एचपी पावर र २५० एनएम टर्क उत्पन्न गर्नेछ । यो ६ स्पिड म्यानुअल ट्रान्समिसन र ७ स्पिड डीसीटी अटोमेटिक अप्सनमा उपलब्ध हुनेछ ।

त्यसैगरी, २.० लिटर मल्टिजेट टु इन्जिनले १७० एचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ । यो भने ६ स्पिड म्यानुअल ट्रान्समिसन र ९ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ । फोर ह्विल ड्राइभ डिजेल भेरियन्टमा उपलब्ध हुनेछ जसमा अटो, स्नो, स्यान्ड र मड गरी चार वटा मोड उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment