+
+
Shares

सस्तोमा बिजुली निर्यात गरेर उपभोक्तालाई महँगोमा बेच्नु हुन्न : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २१ गते १९:३४

२१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत सस्तोमा निर्यात गरेर आफ्ना उपभोक्तालाई महँगोमा बेच्न नहुने बताएका छन् । उनले विद्युत आपूर्तिका कारणले यस्तो भइरहेको भन्दै यस पक्षमा के गर्न सकिन्छ भनेर सरकारले ब्रिफिङ लिइरहेको बताए ।

४५६ मेगावाटको बालुवाटारबाट माथिल्लो तामाकोशी आयोजनाको भर्चुअल उद्घाटन गर्दै उनले नेपालका उद्योगमा विद्यत उपभोगमा बढावा दिन पनि बिजुलीको मूल्य घटाउन आवश्यक रहेको बताए ।

‘देशभित्रै बिजुली बढी खपत हुँदा बहुआयामिक लाभ प्राप्त हुन्छ,’ उनले भने,’तामाकोशीबाट पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु भएपछि खाना पकाउन विद्युतको प्रयोग बढाउने वातावरण पनि तयार हुन्छ ।’

उनले निर्माण अवधिको ब्याजतर्फ १८ अर्ब र लागत मात्रै १७ अर्ब गरेर ३५ अर्ब बढेको भन्दै तामाकोशी निर्माण गर्न लाग्ने लागत बराबरकै लागत बढ्नु दुःखको कुरा भएको बताए । यसबाट सिकेर भविष्यमा आयोजनाहरु कार्यान्वयन गर्नुपर्ने उनले बताए ।

विद्युत आपूर्तिमा गडबडी हुने गरेको भन्दै उनले विश्वसनयि आपूर्तिका लागि काम गर्नुपर्ने बताए ।

हेर्नुस् प्रधानमन्त्रीको वक्तव्य

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?