Comments Add Comment

यो हो संसारकै ठूलो चिहान, जसमा गाडिएका छन् आधा करोड लास

संसारमा करोडौँ चिहानहरु होलान् । तीमध्ये सबैभन्दा ठूलो चिहान चाहिँ इराकमा रहेको छ । इराकको नजफ शहरमा रहेको वादी अल सलाम नामक उक्त चिहानमा ५० लाखभन्दा धेरै लासहरु गाडिएका छन् ।

१४८५ एक्कड क्षेत्रफलमा फैलिएको उक्त चिहान भ्याली अफ पिसको नामले पनि चर्चित छ । उक्त विशाल चिहान हेर्नकै लागि त्यहाँ वर्षेनी ठूलो संख्यामा पर्यटकहरु आउँदछन् ।

उक्त चिहानस्थलमा शिया इमाम तथा चौथो खलिफा इमाम अली इब्न अबी तालिबको दरगाह पनि रहेको छ । विशेष त के भने उक्त चिहानस्थलमा सिमेन्टको प्रयोग गरिँदैन र सबैमा ढुंगा र माटोको मात्र प्रयोग गरिएको छ ।

वादी अल सलाम कबि्रस्तान निकै पूरानो हो । पछिल्लो १४ सय वर्षदेखि त्यहाँ लास गाड्ने काम भैरहेको छ । शिया मुस्लिमहरुको बीचमा यो चिहानस्थल निकै चर्चित छ । संसारभरकै शिया मुसलमानहरुका लागि यो चिहानस्थल निकै पवित्र मानिन्छ ।

उक्त चिहानस्थलमा दैनिक २०० भन्दा धेरै लासको अन्त्येष्टि गरिन्छ । एक रिपोर्टअनुसार आइएसआइएस को आतंकभन्दा अगाडि त्यहाँ दैनिक १०० देखि १२० सम्म लासको अन्त्येष्टि हुने गरेको थियो । तर हाल करीब २ सय लास त्यहाँ अन्त्येष्टिका लागि पुर्‍याइन्छन् ।

उक्त चिहानस्थलमा एउटा मकबरा बनाइरहेको छ । जहाँ आइएसविरुद्ध लड्ने लडाकु युवाहरु आएर आशिष माग्दछन् अनि मृत्यु भएमा त्यहीँ आफ्नो अन्त्येष्टि गरियोस् भन्ने कामना गर्दछन् ।

यो चिहान स्थललाई युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको छ । उक्त चिहानस्थल निकै लामो छ र त्यसको बीचमा एउटा सडक छ । जहाँ प्रायः भीडभाड हुन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment