+
+
Shares

स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २२ गते १९:२५

२२ असार, बुटवल । रुपन्देहीमा स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो भैरहवाबाट ३१ लाख ९० हजार रुपैयाँसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

रुपन्देही प्रहरीका प्रवक्ता प्रहरी नयाव उपरिक्षक सत्यनारायण थापाका अनुसार बेलहिया नाका नजिकै सिद्धार्थनगर नगरपालिका–१ बाइपास रोडबाट स्थानीय विनय कलवार र भारत नौतनवाका सुरज गौण पक्राउ परेका हुन् ।

उनीहरु सवार लु २१ प २२१२ नम्बरको स्कुटी खानतलासी गर्ने क्रममा झोलामा लुकाएर राखेको अवस्थामा उक्त रकम भेटिएको उनले बताए ।

उनीहरुको साथबाट बरामद भएको रकमबारे सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको डीएसपी थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?