Comments Add Comment

थप २,९७९ जनामा कोरोना संक्रमण, २८ जनाको मृत्यु

२३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २८ जनाको कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७८३५ जनाको पीसीआर टेष्ट गर्दा २०७७ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या आफैंमा कम भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल बताउँछन् । लक्षण भएका कोरोना संक्रमितको सरकारी अस्पतालहरुमा निःशुल्क परीक्षण हुने भन्दै उनले यदि कसैलाई कोरोना संक्रमण लक्ष्मण भए परीक्षण गराउन आग्रह गरे ।

यस्तै देशभरमा ४०६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार थप भएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ५४३ जना छन्, जसमा काठमाडौंका ३९०, ललितपुरका ८६ र भक्तपुरका ६७ जना छन् ।

हाल उपत्यकाका तीनसहित कास्की, चितवन, मकवानपुर, झापा, मोरङ र सुनसरीमा संक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३९०, कास्कीमा २१०, चितवनमा २०६, झापामा १६९, सुनसरीमा १२४ र मोरङमा १२३ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै ललितपुरमा ८६, नवलपरासी पूर्वमा ७२, मकवानपुरमा ६८, भक्तपुरमा ६७, काभ्रेपलाञ्चोकमा ६५, कैलालीमा ५१,रुपन्देहीमा ४२ जना कोरोना संक्रमित थपिएका छन् ।

नुवाकोटमा ३७, तनहुँमा ३५, पाल्पामा २६, बर्दियामा २१, सिन्धुपाल्चोकमा र स्याङजामा २०/२० जना, जुम्लामा १९, धनकुटामा १७, गोरखामा १५, दाङमा १३, धादिङमा १२, कञ्‍चनपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका ७६ बालबालिकमा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १९० जनामा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment