Comments Add Comment

सामसङका एआई इनेबल्ड लन्ड्री केयर वासिङ मेसिन नेपाली बजारमा

हाइजिन स्टीम टेक्नोलोजी, ९९.९९ प्रतिशत ब्याक्टेरिया र एलर्जिन हटाउने 

सामसङले पहिलो पटक बहुभाषी प्रयोगकर्ता इन्टरफेसको साथ एआई प्रविधियुक्त वासिङ्ग मेसिन नेपानी बजारमा ल्याएको छ । एआई प्रविधियुक्त फुल-अटोमेटिक फ्रन्टलोड बासिङ्ग मेसिनमा इकोबब्बल-टीएम प्रविधिको संयोजन गरिएको छ, जसले गर्दा कपडालाई ४५ प्रतिशत थप सुरक्षा प्रदान गर्छ ।

गुणस्तरीय धुलाइको लागि यो नयाँ मोडेलमा हाइजिन स्टिम प्रविधिको प्रयोग गरिएको छ, यस प्रविधिले ९९.९९ प्रतिशत ब्याक्टेरिया तथा एलर्जिनहरु हटाउन सक्छ ।

यी नयाँ मोडेलका वासिङ्ग मेसिनले प्रयोगकर्ताहरुको लुगा धुने व्यवहारलाई बुझेर सबैभन्दा भरपर्दो वासिङ्ग साइकलको विकल्प प्रदान गर्छ ।

जब सामसङ स्मार्टथिङ्गस् एपको माध्यमबाट कनेक्टेड भइन्छ, त्यस पछि यसले २.८ मिलियन डाटा वाइन्टहरु मार्फत स्मार्ट लन्ड्री रिसिप्ा सोलुसनको माध्यमबाट उत्कृष्ट विकल्प प्रदान गर्छ ।

सामसङले कस्टोमाइज गरिएको एआई युक्त लुगा धुने मेसिनहरु ३ विभिन्न भेरियन्टहरुमा उपलब्ध गरेका छन् । यसमा ग्राहकले आफू अनुकुल कस्टमाइज लन्ड्री प्रोसेस तय गर्न सकिनेछ ।

यसमा भएको एआईले लुगा धुने बानीलाई आफ्नो मेमोरीमा राख्छ र पछि त्यस्तै खालको कपडा धँुदा सोही अनुरुप कार्य गर्छ । यसमा भएको स्मार्ट इन्टरनेट अफ थिङ्गस्ले इन्टरनेटको माध्यमबाट सामसङको स्मार्ट डिभाइसहरुबाट स्मार्टफोन र टिभी तथा भ्वाइस डिभाइसहरु अलेक्सा र गुगल होमसँग कनेक्टेड रहेर प्रयोगकर्ताहरुले जिवन्त अनुभव लिन सक्दछन् ।

नयाँ सामसङ वासिङ्ग मेसिन नयाँ डिजाइनको साथ जग डायल कन्ट्रोल युक्त युजर प|mेन्ड्ली स्लीक डिजिटल इन्टरफेसको साथ उपलब्ध रहेको छ ।

लन्ड्रीको अनुभवलाई अझै प्रभावशाली एवं सहज बनाउन यसमा लन्ड्री प्लानर जस्तो सुविधा राखिएको छ । यसले  लुगाको रंग, प्रकार तथा ग्राहकले निर्धारण गरेको डिग्री अफ सोइलिङ्गको आधारमा लन्ड्री रेसिपीअनुसार उत्कृष्ट लुगा धुने समय स्वतः निर्धारण गर्छ । यसमा भएको होम केयर विजार्डले सम्भाव्य समस्या तथा शीघ्र रुपमा ट्रबल सुटिङ्ग गर्न मद्दत गर्छ ।

‘महामारीको यो अवस्थामा स्मार्ट होम अप्लाइन्सहरुको माध्यमबाट ग्राहकवर्गहरुलाई प्रमुखताका साथ थप सहजता प्रदान गरी जीवनस्तरलाई उकास्नेछ । हाम्रा सम्पूर्ण एआई इनेबल्ड वासिङ्ग मेसिनहरुमा नवीनतम प्रविधिहरुको प्रयोग गरिएको यसमा मल्टि लिङ्ल्वल युजर  इन्टरफेस तथा सहज, प्रभावकारी तथा व्यक्तिगत लन्ड्री सोलुसन प्रदान गर्छ । यसमा विभिन्न कपडाहरुको लागि निर्धारण गरिएका २००० वास कम्बिनेशन तथा २.८ मिलियनको वृहत् डाटा एनालिसिस प्वाइन्टहरु रहेका छन्, जसले गर्दा सहज धुलाइको साथै विभिन्न स्मार्ट उपकरणहरु मार्फत सञ्चालन गर्ने सुविधा प्राप्त हुन्छ । पूर्ण स्वचालित फ्रन्टलोड वासिङ्ग मेसिनहरुको सेगमेन्टमा यो वर्ष हामी नम्बर १ हुने विश्सास लिएका छौं,” सामसङ नेपालका कस्टोमर इलेक्ट्रोनिक्स बिजिनेश डेपुटी जनरल म्यानेजर आलोक कुमार गुप्ताले भने ।

हाम्रो डिजिटल इन्भर्टर टेक्नोलोजिले कम बिजुली खपत गर्नुका साथै कम आवाज निकाल्छ । नयाँ मोडेलमा  सामसङको इकोबब्बल-टीएम प्रविधिको प्रयोग गरिएको हुँदा ४५ प्रतिशत कपडाको थप सुरक्षा गरी दाग एवं धब्बाहरुलाई सहजै हटाउँछ ।

अटो डिस्पेन्स प्रविधिले निश्चित रुपमा डिटरजेन्ट तथा सफ्टनरको प्रयोग गर्दछ । यसले १ महिनासम्मको लागि पर्याप्त हुने डिटरजेन्ट भण्डारण समेत गर्दछ ।

मूल्य तथा उपलब्धता

नयाँ एआई इनेबल्ड लन्ड्री वासिङ्ग मेसिनहरु यही नेपाल अधिराज्यभर रहेका हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापार अन्तर्गत रहेका रिटेल पार्टनरहरु मार्फत सहजै खरिद गर्न उपलब्ध छन । यी वासिङ्ग मेसिनहरु रु.१ लाल ९हजार ९९० देखि उपलब्ध रहेका छन् ।

यस नयाँ एआई इनेबल्ड वासिङ्ग मेसिनहरु ८/६केजी र १२/८केजी को वासर ड्रायरको साथै १२ केजी वासर टाइप वासिङ्ग मेसिनको भेरियन्टहरुमा उपलब्ध छन् ।

ग्राहकले यो नयाँ वासिङ्ग मेसिन नेपाल अधिराज्यभर रहेका हिम इलेक्ट्रोनिक्स अन्तर्गत रहेका सामसङ स्मार्ट प्लाजा मार्फत् १५ प्रतिशत सम्मको क्यासब्याक तथा सहज किस्तावन्दीमा खरिद गर्न सकिनेछ ।

विशेषताहरु यस्ता छन् :

एआई कन्ट्रोल

सामसङले एआई प्रविधिको माध्यमबाट वृहत् लन्ड्री सोलुसन जसले सहज धुलाइको अनुभव प्रदान गर्दछ । एआई  कन्ट्रोल स्मार्ट सोलुसनले लन्ड्री रेसिपी, लन्ड्री प्लानिङ्ग, होम केयर विजार्ड तथा लोकेसन बेस्ड रिकमेन्डेसन प्रदान गरी धुलाईलाई अझै सहज बनाउन सहयोग गर्छ ।

एआई प्ल्याटर्फमले प्रयोगकर्ताको लन्ड्री हृयाविटलाई मेमोरिमा राख्छ र उचित लन्ड्री साइकलको व्यवस्थापन गरी प्रयोगकर्ताको आवश्यकता अनुरुप कार्य सम्पादन गर्दछ । यसले कुनैपनि इरर वा समस्यालाई पनि सहजै हल गर्दछ र सर्भिस सेन्टरमा सम्पर्क गर्नु पर्ने परिस्थितिको सिर्जना नै गर्दैन ।

इकोबबल-टीएम

सामसङको इको बब्बल प्रविधिले पानीमा डिटर्जेन्टलाई सहजै घुल्न मद्दत गर्दछ र बब्बलहरको सिर्जना गरी पानीमा हावाको मात्रा बढाउन सहयोग गर्छ । यसले ४० गुणा बढी लुगामा डिटर्जेन्ट प्रवाह गर्दछ । यसले लुगालाई ४५ प्रतिशत थप सुरक्षा प्रदान गर्छ ।

सफ्ट्नर तथा स्मूथ बब्बल एक्सनले बाहिर जाँदा लगाउने लुगाहरु तथा वाटर रिपेलेन्ट फ्याबि्रकहरुलाई थप सुरक्षा प्रदान गर्दछ । इको बब्ब्ालले पानीमा डिटर्जेन्ट शीघ्र रुपमा घुल्न मद्दत गरी लुगामा भिजाउँछ ।

सुपर इको-वास प्रोग्रामले केवल १५ डिग्री सेल्सीयसमा ४० डिग्री सेल्सीयस बराबरको धुलाई प्रदान गर्दछ, जसले गर्दा ३० प्रतिशतमात्र विद्युत खपत गर्छ ।

अटो डिस्पेन्स

अटो डिस्पेन्सले थोरै समयमा पूर्ण रुपमा लुगा धुन्ा मदत गर्दछ। यसले उचित परिमाणमा डिटर्जेन्ट तथा सफ्टनर लोड गर्छ र यसले गर्दा २६ प्रतिशत डिटर्जेन्ट तथा ४६ प्रतिशत सफ्टनरको  बचत पनि गर्छ । यसमा भएको इजि टु फिल डिट्याचेबल ट्यांकमा १ महिनासम्मको लागि पुग्ने डिटर्जेन्ट भण्डार गर्न सकिन्छ ।

हाइजिन स्टिम

हाइजिन स्टिमले ९९.९ प्रतिशत ब्याक्टेरिया तथा एलेर्जीनहरुलाई हटाउँछ । हाइजिन स्टीम साइकलमा पहिला पानी, सोइल र डिटर्जेन्टलाई ड्रेन आउट गर्दछ ।

दोस्रो थोरै मात्रामा सफा पानी लिएर वाफ सिर्जना गर्दछ, त्यस पछि यसमा भएको हिटरले २० मिनेट सम्म पानीलाई उमाल्छ । यसरी स्टिभ फेज पछि पानी फालिन्छ र त्यस पछि प्रक्रियाबाट अन्तिम चरण पूरा गरिन्छ ।

डिजिटल इन्भर्टर प्रविधि

डिजिटल इन्भर्टर प्रविधि डीआईटीले उच्चस्तरीय कार्य सम्पादनको लागि शक्तिशाली म्याग्नेटको प्रयोग गर्दछ यसले युनिभर्सल मोटरको साथ ब्रसयुक्तको तुलनामा कम पावर खपत गर्छ । यसमा ब्रसको प्रयोग गरिएको छैन, उच्चस्तरीय प्रविधिको प्रयोग गरिएको छ । यसले गर्दा वासिङ्ग मेसिनलाई थप १० वर्षको वारेन्टी प्रदान गर्छ ।

ड्रम क्लिन/ड्रम क्लिन प्लस

कुनै पनि केमिकलको प्रयोग विना मैला तथा ब्याक्टेरियालाई हटाउने सामथ्र्य यसले राख्दछ । यसले रबर ग्यास्केटको ९९.९ प्रतिशत मैला तथा ब्याक्टेरिया हटाउँदछ । प्रयोगकर्तालाई क्लिनिङ्गको लागि स्वतः जानकारी पनि गराउँदछ ।

स्टे क्लिन ड्रयर

स्टे क्लिन ड्रयरले डिटर्जेन्टलाई विशेष प्रविधिको फ्लसिङ्ग सिस्टमले पानीमा घोलाइ दिन्छ । यसले गर्दा बाँकी रहेको डिटर्जेन्ट वा सफ्टनर पूर्ण रुपमा प्रयोग हुन्छ र यसमा भएको ट्रे सफा र स्वच्छ रहन्छ ।

बब्बल सोक

बब्बल सकले एक टचको भरमा विभिन्न किसिमका मैलाहरुलाई हटाउँछ । यसको एक्टिभ बब्बल फङ्सनले कडा भन्दा कडा दाग धब्बाहरु जस्तैः रगत, चिया, वाइन, मेक अप र घाँसको धब्बाहरुलाई सहजै हटाउन मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment