Comments Add Comment

चितवनमा सार्वजनिक यातायातका साधन जोर बिजोर प्रणालीमा चल्ने

२३ असार, चितवन । सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा चल्न पाउने गरी चितवनमा निषेधाज्ञा थप खुकुलो बनाइएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा बुधबार जारी आदेशमा थप खुकुलो बनाउँदै असार ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको उल्लेख छ ।

चितवनमा अब जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न पाइनेछ । तर सवारी साधनले सिट क्षमताभन्दा बढी यात्रु राख्न पाउने छैनन् ।

सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, चालक र सहचालकले अनिवार्य मास्क र भाइजर लगाउनु पर्ने, सवारीको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment