Comments Add Comment

देउवालाई प्रधानमन्त्री बनाउने आदेश भए देश निर्दलीयतातिर जान्छ : अरगरिया

२३ असार, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का नेता उमाशंकर अरगरियाले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने आदेश भए देश निर्दलीयतातिर उन्मुख हुने बताएका छन् ।

केपी ओली नेतृत्वको सरकारमा यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका अरगरियाले विभिन्न दलबाट अलग भएर सांसदहरु देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको बताए । सर्वोच्च अदालतको आदेशमा मन्त्री पद गुमेपछि आफ्नो गृह जिल्ला धनुषा आएका अरगरियाले बुधबार जनकपुरधाम विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उक्त कुरा बताएका हुन् ।

उनले दलबाट क्रस भएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइए देश निर्दलीयतातिर धकेलिने बताए । ‘यसले दलीय कानुन मान्य हुँदैन्’ उनले भने, “दलको विधेयक मान्य हुँदैन । र, देश निर्दलीय बन्‍नेछ ।’

अरगरियाले संसद बिघटनको आदेश सर्वोच्चले दिन सक्ने बताए । ‘मलाइ लाग्छ संसद बिघटन सदर हुन्छ र देश निर्वाचनमा जान्छ’ उनले भने ।

सांसदले एकअर्काप्रति गालीगलौजबाहेक केहि गर्न नसकेको बताउँदै उनले चार वर्षसम्म एउटा विधेयक समेत पारित हुन नसकेको बताए । ‘एउटा सांसदलाई चुनावमा जाने रहर हुँदैन् । तर देशको अवस्था हेरेर चुनावमा जानुपर्छ’ उनले भने, ‘लोकतन्त्रमा जनादेश खोज्नुपर्छ ।’

संसद पुनर्स्थापना भए पनि यही सरकार निरन्तर रहिरहने उनले बताए । ‘जसपाले सरकारलाई दिएको समर्थन त्यसपछि पनि रहिरहन्छ’ उनले भने, “हामीले प्रधानमन्त्रीलाई निर्भीकताका साथ अघि बढ्न भनिसकेका छौं ।’

कमलाको पुल  निर्माण गर्न ठेकेदारलाई  निर्देशन

नेता अरगरियाले एक साताअघि भत्किएको कमला पुलमा ठेकेदारको लापर्वाही रहेको बताए । १० वर्षअघि निर्माण शुरु भएको पुलमा तत्कालीन पप्पु कन्सट्रक्सनले लापर्वाही गरेका कारण पुल भत्किएको उनले बताए ।

‘विजय गच्छदारजी भौतिक मन्त्री हुँदा पुलको डीपीआर बनेको थियो’ उनले भने, “रामचन्द्र झाजी मन्त्री हुँदा पुलको ठेक्का लागेको थियो । तर ठेक्का लिने पप्पु कन्सट्रक्सनले लापर्वाही गरेपछि आफू जित्दा उसको ठेक्का बदर गराएँ ।’

पुल भत्किएको सम्बन्धमा छानबिन भइरहेको बताउँदै उनले अब भत्किएको पुललाई सरकारले नभई ठेकेदारले नै बनाउनुपर्ने बताए । ‘सरकारको तर्फबाट अविलम्ब पुल निर्माणका लागि ठेकेदारलाई आदेश दिइसकिएको छ’ उनले भने ।

मन्त्री नहुँदा पनि व्यापक सम्मान

मन्त्री पद गुमाएर आफ्नो गृह जिल्ला आएका अरगरियालाई स्थानीयले स्वागत गरेका छन् । विमानस्थल पुगेका उनका समर्थकहरुले माला पहिराएर उनको स्वागत गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment