+
+
Shares

बनेपा बजारमै गाडी डुब्ने भल

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २५ गते ९:५७

२५ असार, काठमाडौं । काभ्रेको बनेपा बजारमै गाडी डुबाउने भल बग्दा स्थानीय मर्कामा परेका छन् ।

पुण्यमाता खोलाको बाढीले हरेक वर्ष सडक डुबानमा पार्दछ । शुक्रबार बिहान पनि साना गाडी डुबाउने खालको भल बगेको छ ।

भलले आधा घण्टा जति अवरुद्ध भएको सडक अहिले भने खुलिसकेको काभ्रे प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

त्यहाँ सडक होचो भएकाले वर्षायाममा यस्तो समस्या आउने गरेको उनको भनाइ छ । एसपी खत्रीले भने, ‘यो सधैंको समस्या हो, सडक अलि माथि नउठाएसम्म यस्तो समस्या आइरहन्छ ।’

फोटो : देवराज कार्की/फेसबुक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?