Comments Add Comment

आन्तरिक हवाई गन्तव्यमा अब मागअनुसार उडान

२५ असार, काठमाडौं । सरकारले आन्तरिक गन्तब्यका लागि उडान संख्याको सीमा हटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अब आन्तरिक उडानमा वायुसेवा कम्पनीहरुले आफुलाई आवश्यक संख्यामा उडान माग गर्न सक्ने भएका छन् ।

देशभर बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध भएको समयमा वायुसेवा कम्पनीले उडान संख्या थप हुनुपर्ने माग गरेका थिए ।

सोही अनुसार सरकारले अब यसअघिको ५० प्रतिशत भनि तोकिएको सीमा हटाएको हो । प्राधिकरणले बिहीबार सबै वायुसेवा कम्पनीलाई यसबारे जानकारी गराएको हो ।

‘अब दैनिक यति नै संख्यामा उडान गर्ने भनि संख्या तोकिएन, चाहिने जति संख्या थप गर्न सक्ने अधिकार वायुसेवा कम्पनीलाई दियौं,’ प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने ।

उनका अनुसार उडान अनुमति माग्दा तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नुपर्ने छ । अर्कोतर्फ हरेक जिल्लाका स्थानीय प्रशासनबाट तोकेका शर्त र मापदण्डसमेत हवाई सेवा कम्पनी र यात्रुले पालना गर्नुपर्नेछ ।

यसअघि सरकारले १ जुलाईबाट उडान खोल्ने निर्णय गरेको थियो । ५० प्रतिशत उडान खोल्दा यात्रुको चाप नथेग्ने र यसले भाडा समेत महंगो हुने कम्पनीहरुको गुनासो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment