+
+
Shares

बारामा ६२ बोरा भुटेको चना प्रहरीद्वारा बरामद

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २५ गते २१:०७

२५ असार, वीरगञ्ज । बारा प्रहरीले ६२ बोरा भुटेको चना बरामद गरेको छ । प्रहरीले विश्रामपुर गाउँपालिका– ३ बाट ६२ बोरा भुटेको चना बरामद गरेको हो ।

बरामद गरिएको १ हजार ५ सय ५० किलो भुटेको चनाको बजार मुल्य १ लाख १६ हजार २ सय ५० रुपैयाँ अनुमान गरिएको छ ।

बिहीबार राति ११:५० बजे जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मुसहर्वा बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्तीको क्रममा चना बरामद गरेको थियो ।

बरामद गरिएको भुटेको चना शुक्रबार आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

‘ भन्सार छली गरेर भुटेको चना तस्करी हुँदैछ भन्ने सूचना हामीले पाएका थियौं ।’ उनले भने ‘ सूचना अनुसार टोली खटाउँदा वेवारिसे अवस्थामा चना भेटियो । ल्याउनेहरु भागिसकेछन् । चना बरामद गरेर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार पठाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?