+
+
Shares

इलाका प्रहरी कार्यालय लहानबाट थुनुवा फरार

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २६ गते १०:१९

२६ असार, जनकपुरधाम । सिरहाको लहानस्थित इलाका प्रहरी कार्यालयको थुनामा रहेका एक जना थुनुवा फरार भएका छन् ।

लागूऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परी थुनामा रहेका नवराजपुर गाउँपालिका-१ निवासी पशुपति यादव शनिबार बिहान २ बजेतिर फरार भएका हुन् । उनी हिरासत कक्षको ग्रील काटेर फरार भएको सिराहा प्रहरीका प्रवक्ता सुवास बुढाथोकीले बताए । ‘हिरासत कक्षको झ्यालको ग्रील काटेर ३४ वर्षीय यादव फरार भएका छन्’ बुढाथोकीले भने ।

फरार भएका थुनुवा यादवको खोजी भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?