+
+
Shares

२१ किलो सुन तस्करी प्रकरण : ३ चिनियाँ पुर्पक्षका लागि कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते १५:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बूढानीलकण्ठबाट २१ किलो ७५०.६८ ग्राम सुनसहित पक्राउ गरेका तीन चिनियाँ नागरिक पुर्पक्षका लागि कारागार चलान भएका छन्।
  • २२ असोजमा पक्राउ परेका हान फिई, चोउ लङसिन र वाङ जियान्जेनलाई भन्सार ऐन अनुसार कारबाही गर्न विमानस्थल भन्सार कार्यालय पठाइएको थियो।
  • प्रहरीले माथिल्लो भंगालको घरबाट सुनका टुक्रा, बिस्कुट आकारका ढिक्का र लेसिलो अवस्थाको सुन बरामद गरेको थियो।

१ मंसिर, काठमाडौं । साढे २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

सुनसँगै बूढानीलकण्ठबाट पक्राउ परेका चीनको जियाङ्सु ग्वाङडोङका २७ वर्षीय हान फिई, सोही ठाउँका ४७ वर्षीय चोउ लङसिन र सोही ठाउँका ३७ वर्षीय वाङ जियान्जेन कारागार चलान भएका हुन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई भन्सार ऐन अनुसारको कसुरमा कारबाही गर्न भन्दै विभानस्थल भन्सार कार्यालय पठाइएको थियो ।

तीनै जनालाई पुर्पक्षका लागि कारागार चलानको आदेश आएपछि कारागार पठाइएको एसएसपी सन्तोष खड्काले बताए ।

२२ असोजमा एसएसपी खड्काकै टोलीले बूढानीलकण्ठको माथिल्लो भंगालबाट २१ किलो ७५०.६८ ग्राम सुनसहित उनीहरुलाई पक्राउ गरेको थियो ।

बरामद भएको दिनको बजार मूल्यअनुसार उक्त सुनको मूल्य ५४ करोड ६० लाख, ७ हजार ३२० रुपैयाँ हुन आउँछ ।

माथिल्लो भंगालस्थित एक घरबाट प्रहरीले सुनका टुक्रा, बिस्कुट आकारका ढिक्का, लेसिलो अवस्थाको सुन, लेसिलो अवस्थाका सुनहरू बरामद भएका हुन् ।

चिनियाँ समूहले सिंगो घर नै भाडामा लिएर सुनको कारखाना चलाएको खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?