Comments Add Comment

सुदूरपश्चिमका यातायात व्यवसायीको ७ बुँदे माग

२६ असार, धनगढी । सुदूरपश्चिम प्रदेशका यातायात व्यवसायीले सरकार र बैँक तथा वित्तीय संघसंस्थासँग ७ बुँदे माग अघि सारेका छन् । कञ्चनपुरमा बसेको यातायात व्यवसायीको प्रदेशस्तरीय भेलाले महाकाली यातायात प्रालिका अध्यक्ष डम्बर पन्तको संयोजकत्वमा संघर्ष समिति गठन समेत गरेको छ ।

उनीहरुले यातायात व्यवसायी र मजदुरलाई कोरोनाको खोप लगाउनुपर्ने, निजी सवारी साधनलाई यात्रु बोक्न रोक लगाउनुपर्ने, २०७६ चैत ११ गतदेखि लकडाउन अवधीभरको व्याज पूर्ण रुपमा छुट र सावामा ५ देखि ७ प्रतिशतसम्म व्याज कायम गराउनुपर्ने उनीहरुले माग राखेका छन् ।

व्यवसायीले सार्वजनिक यातायातको भाडा बढाउनुपर्ने, लकडाउन खुलेको कम्तीमा ६ महिनापछि मात्र बैँकको किस्ता सञ्चालन गर्नुपर्ने, बिमा, यातायात कर, रुट परमिट, ब्लुबुक नविकरणमा पूर्ण छुट गर्नुपर्ने माग पनि राखेको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए ।

सम्बन्धित प्रालिको सिफारिसमा रुट परमिट, जाँचपास नवीकरण गर्ने व्यवस्था मिलाउनुपर्ने र लामो दुरीको रुट परमिट र जाँचपास सम्बन्धित प्रदेशमै नवीकरण गराउनुपर्ने व्यवस्था गराउनुपर्ने माग पनि व्यवसायीहरुले गरेका छन् ।

सापकोटाले प्रदेशभर सञ्चालनमा रहेका १८ मध्ये १५ वटा यातायात प्रालिको प्रदेशस्तरीय भेलाले अघि सारेका माग पूरा गर्न प्रदेश सरकार, प्रदेश प्रमुख, जिल्ला प्रशासन कार्यालय, नेपाल राष्ट्र बैँकलाई आइतबारदेखि नै ज्ञापन पत्र बुझाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment