Comments Add Comment

देउखुरीको जखेरा तालमा डुंगा सञ्चालन

जखेरा तालमा डुंगा सन्चालनको उदघाटन गर्दै प्रतिनिधिसभा सदस्य मेटमणि चौधरी । फोटो : शिवु खनाल

२७ असार, लमही । दाङ देउखुरीको पर्यटकीय केन्द्र जखेरा तालमा डुंगा सन्चालन सुरु गरिएको छ । स्थानीय निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी विकास कार्यक्रम तालमा तीनवटा डुंगा सञ्चालन गरिएको हो ।

दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले शनिवार एक कार्यक्रमका बिच डुंगा सन्चालनको उद्घाटन गरे ।

चौधरीले जखेराताललाई देशकै नमुना पर्यटकीय गन्त्वयको रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताउँदै यसको विकास, संरक्षण र समृद्धि तर्फ ध्यान दिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम चौधरीले नमूनायोग्य जखेरा ताल निर्माण गर्न तिनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताए ।

जखेराताल शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका कार्यसमिति सदस्य केशवराज पोख्रेलले तालको संरक्षण तथा व्यवस्थापनको काममा समुदायसँग समन्वय गरिएपछि ताल मात्र नभइ त्यस वरपर पर्ने समग्र क्षेत्रकै मुहार फेरिएको बताए । शहरी कोलाहालबाट दिक्क भएका मानिसहरुको लागि शान्त वातावरणमा बस्दै प्राकृतिक सौन्दर्यता अवलोकनको लागि जखेराताल प्रभावकारी हुँदै आएको उनलेब ताए ।

जखेरा ताल लमही नगरपालिका वडा नं. ३ मा पर्दछ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुन्डबरी गाउँबाट करिब डेढ किलोमिटर उत्तरमा पर्ने यो ताललाई जनप्रतिनिधि चुनिएपछि व्यवस्थित बनाउने काम जारी छ । हाल लमही नगरको २० लाख बजेटमा तालको जग्गा विस्तार गर्ने, सफाइ गर्ने, रिटनिङ वाल निर्माण गर्ने, डुंगाको पेभेलियन निर्माण गर्ने लगायतका काम भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment