Comments Add Comment

स्टार्टअप सम्मानमा आवेदन दिन समय थप 

२७ असार,काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप सम्मानका लागि आवेदन दिने म्याद चार दिन थप गरेको छ । नवप्रर्वतनात्मक उद्यम र संस्थालाई सम्मान गर्न भन्दै मन्त्रालयले पहिलो पटक असार १६ देखि २५ सम्म स्वतन्त्र आवेदन माग गरेको थियो ।

त्यसअवधिमा छुट भएकाहरुका लागि असार २९ गतेसम्म निवेदन दिन सकिने गरी मन्त्रालयले दोस्रो सूचना जारी गरेको हो ।

नवीनतम ज्ञान, शीप र क्षमता प्रयोग गरी नमूनायोग्य नवप्रर्वतनकारी उद्योग स्थापना गर्ने घरेलु, लघु, साना तथा मझौला उद्योगलाई सम्मान कार्यक्रममा सहभागी हुन मन्त्रालयले आहृवान गरेको छ ।

नवप्रर्वतनात्मक उद्यमीलाई प्रोत्साहन स्वरुप कदरपत्रसहित सम्मान गर्न लागिएको  मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment