+
+
Shares

शंख फुकेर इन्धनको मूल्‍यवृद्धिको विरोध

शंकर गिरी शंकर गिरी
२०७८ असार २७ गते १६:४१

२७ असार, काठमाडौं । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा विपक्षी गठबन्धनमा आवद्ध दलका विद्यार्थी संगठनले आइतबार शंख फुकेर विरोध प्रदर्शन गरेका छन् ।

आइतबार माइतीघरमा भेला भई विद्यार्थी नेता कार्यकर्ताहरुले शंख फुकेर विरोध जनाएका हुन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, माधवकुमार नेपाल निकटको अनेरास्ववियू, जसपाको उपेन्द्र यादव निकटको समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चाको अखिल छैठौंले संयुक्त रुपमा विरोध कार्यक्रम गरेका हुन् ।

विद्यार्थी संगठनहरुले मूल्यवृद्धिविरुद्ध चरणवद्ध आन्दोलन घोषणा गरेकाा छन् । असार २८ गते नेपाल आयल निगमका गाडीहरु चल्‍न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोलपम्प र ट्‍यांकर सञ्‍चालन गर्न नदिने तथा असार ३० गते देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्‍यांकर बन्‍द गर्ने उनीहरुको कार्यक्रम छ ।

पाँच विद्यार्थी संगठनले विघटित संसदको पुन:स्थापना, एसइइ र १२ कक्षाको परीक्षामा देखिएको समस्या, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्‍या लगायतको माग गर्दै प्रदर्शन आएको छ ।

हेर्नुहोस् तस्वीरहरु

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?