Comments Add Comment

‘माई सेकेण्ड टिचर’को ई-लर्निङ भिडियोहरुमा गर्ने हैन त अभिनय ?

२७ असार, काठमाडौं । नेपालमै  बनेर विश्वका विकसित २० मुलुकहरुका २०० भन्दा बढी विद्यालयहरुमाझ प्रयोग हुँदै आएको प्रख्यात ई-लर्निङ् प्लेटर्फम माई सेकेण्ड टिचरले ई-लर्निङ भिडियोहरुमा अभिनय गर्नका लागि प्रतिभाशाली कलाकारहरुलाई आमन्त्रण गरेको छ ।

छोटो समयमै विश्वस्तरका कैयौं अवार्डहरुद्वारा सम्मानित यस प्लेटर्फम हालसालै नेपालमा पनि सार्वजनिक गरिएको थियो र हाल २५००० भन्दा बढी विद्यार्थीहरुले प्रयोग गर्दै आएका छन् ।

यिनै विश्वभरका विद्यार्थी अनि शिक्षकद्वारा प्रयोग गरिने माई सेकेण्ड टिचरको ई-लर्निङ्  भिडियोहरुमा शिक्षक र विद्यार्थीको भूमिका निभाउनमाई सेकेण्ड टिचरले यस अडिसनको अवसर कलाकारहरुमाझ सार्वजनिक गरेको छ ।

अडिसनमार्फत् शिक्षक र विद्यार्थीको भूमिका निर्वाह गर्न कूल २० कलाकारहरु छनोट हुनेछन् । त्यसमध्ये १० जनाले नेपाली पाठ्यक्रमअनुरुप ई-लर्निङ्  भिडियोहरुमा अभिनय गर्नेछन् भने बाँकी १० जनाले क्याम्बि्रज पाठ्यक्रमअनुरुप इन्टरनेशनल ई-लर्निङ्ग भिडियोहरुमा अभिनय गर्नेछन्, जुन ५० भन्दा बढी देशहरुमा प्रयोग हुनेछ ।

‘हालमाई सेकेन्ड टिचरमा क्याम्बि्रज विश्वविद्यालयअन्तर्गत ईजीसीएसई तहका फिजिक्स, केमिस्ट्री, बायोलोजी र म्याथ विषयका भिडियो रहेका छन् भने नेपाली पाठ्यक्रमअन्तर्गत कक्षा १०को अंग्रेजी, विज्ञान, अनिवार्य गणित र अर्थशास्त्रका  ई-लर्निङ भिडियोहरु रहेका छन् ।

नेशनल तथा ईन्टरनेशन लर्निङ भिडियोहरुमा शिक्षकको भूमिकामा देखिने पुरुष र महिला कलाकारहरुको उमेर अनिवार्य रुपमा २५-४५ वर्षको बीचमा हुनुका साथसाथै विद्यार्थीको भूमिकामा देखिने पुरुष र महिला कलाकारहरुको पनि उमेर अनिवार्य रुपमा १८-२५ वर्षको बीचमा हुनुपर्ने छ ।

नेपाली पाठ्यक्रममा अभिनय गर्ने कलाकारको नेपाली र अंग्रेजी भाषाको  उच्चारणमा निपुणता हुनुपर्नेछ भने क्याम्बि्रज विश्वविद्यालयको पाठ्यक्रममा अभिनय गर्ने कलाकारको हकमा, अंग्रेजी भाषाको उच्चारण न्युट्रल या ब्रिटिश हुनुपर्नेछ ।

इच्छुक कलाकारहरुले श्रावण १ गते (१६ जुलाई) सम्म तल दिइएको लिंकमा गएर आवेदन दिन सक्नुहुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment