+
+
Shares

एनआरएनए स्विट्जरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामा निर्विरोध

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २८ गते ७:२५

२८ असार, बार्सिलोना । एनआरएनए स्विट्जरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामा निर्विरोध निर्वाचित भएकी छिन् ।

विगत चार दशकदेखि स्विट्जरल्याण्डमा बस्दै आएकी लामा अध्यक्षमा निर्वाचित भएकी हुन्। दुई कार्यकालसम्म संघको महिला संयोजकमा रही काम गरेकी उनी उपाध्यक्ष हुँदै सन् २०२१- २०२३ कार्यकालका लागि अध्यक्ष बनेकी हुन्।

यस्तै अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्यमा (आईसीसी) सीमा गौतम निर्वाचित भएकी छिन्ए । एनआरएन स्विट्जरल्याण्डको इतिहासमा अध्यक्ष र आईसीसी सदस्य दुवै महिला बनेको यो पहिलो पटक हो।

संघको सातौं राष्ट्रिय महाधिवेशनबाट सिङ्गो कार्यसमिति नै निर्विरोध बनेको छ । कार्यसमिति उपाध्यक्षमा प्रमोदकुमार भट्ट र शुक्र श्रेष्ठ, महासचिवमा कुल (कृष्ण) प्रसाद शिवाकोटी, सचिवमा जीवन भट्टराई, कोषाध्यक्षमा राकेश चन्द्र प्रजापती, महिला संयोजकमा चम्पा ज्ञवाली रुकस्टुल, युवा संयोजकमा विनु सुनार र प्रवक्तामा यम काउचा मगर निर्वाचित भएका छन्।

अन्य केही पदहरूमा उम्मेदवारी नपरेपछि पद रिक्त रहेको छ। आइतबार राजधानी बेर्नमा सम्पन्न संघको सातौं राष्ट्रिय महाधिवेशनलाई स्विट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराईले उद्घाटन गरेका थिए।

को हुन् अध्यक्ष लामा ?

एनआरएनए स्वीट्जरल्याण्डको नवनिर्वाचित अध्यक्ष लामा युरोपमा नै निकै सक्रिय महिलामध्ये एक हुन्। गैर आवासीय नेपाली संघको १० औ युरोपस्तरीय महिला सम्मेलनमा लामा मोष्ट एक्टिभ महिला संयोजकको उपाधिले सम्मानित भएकी थिइन्।

स्विट्जरल्याण्डको ग्लारुस क्यान्टोनमा रहेको नगरपालिका ग्लारुस नडमा बस्दै आएकी लामाकै पहलमा नेपालको पहिलो अस्पताल वीर अस्पताललाई १२ वटा ह्विलचेयर सहयोग स्वरुप हस्तान्तरण गरीएको थियो । विकट जिल्लाहरुका गरीब तथा दलित महिलाहरुका लागि स्विट्जरल्याण्डको महिला फोरमले उनकै नेतृत्वमा लाखौं रुपैयाँ सहयोग पठाएको थियो।

लामा सन् १९८० देखि नै स्थानीय रुपमा सामाजिक सेवामा आफूलाई निरन्तर सक्रिय राख्दै आइरहेकी छिन् । उनीसँग टोनी हेगन फाउन्डेसनको बोर्ड मेम्बर रहेर काम गरेको पनि अनुभव छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?