Comments Add Comment

खोप वितरणमा भेदभाव नगर्न एआईएनको आग्रह

२८ असार, काठमाडौं । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ (एआईएन)ले भेदभावरहित रुपमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप वितरण गर्न आग्रह गरेको छ।
एआईएनले एक अपिल जारी गर्दै खोप वितरण नि:शुल्क र भेदभावरहित रुपमा हुनुपर्नेमा जोड दिएको हो ।

अपिलमा भनिएको छ – जोखिम समूहमा रहेका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दीर्घरोगी र विकास निर्माण कार्यको अग्रस्थानमा रहेकाहरुलाई लक्षित गर्दै कोभिड-१९ भ्याक्सिन वितरण गर्न आग्रह गर्दछौं ।

अमेरिका, चीनलगायतका मुलुकहरुबाट विभिन्न देशहरुमा खोप आयात भइरहेको सन्दर्भमा एआईएनले यस्तो आग्रह गरेको हो ।

एआईएन अध्यक्ष सुशील कोइरालाद्वारा जारी अपिलमा भनिएको छ – मानवीय संकट पार गर्न अमेरिका, युरोपेली मुलुकहरु, जी७ लगायत अन्य विकसित देशहरुमा रहेको स्टक भ्याक्सिन नेपाल जस्ता मुलुकहरुलाई महत्वपूर्ण हुने उल्लेख छ ।

संसारभर असमानरुपमा भ्याक्सिन वितरण भइरहेको र निश्चित देशहरुले असंख्य मात्रामा खोप कब्जा गरेका कारण नेपाल जस्ता मुलुकहरु समस्यामा परेको समेत अपिलमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment