
२८ असार, काठमाडौं । ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार-२०७७’ सुदूरपश्चिम प्रदेश सभाकी सदस्य उमादेवी बादीलाई प्रदान गरिने भएको छ ।
मानव अधिकार तथा शान्ति समाजले प्रदान गर्ने यो पुरस्कारको राशी एक लाख १० हजार रहेको छ ।
मानव अधिकार र सामाजिक न्यायका लागि उनले पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्न लागिएको समाजले जनाएको छ ।
पुरस्कार २०७८ मंसिरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन आयोजना गरिने कार्यक्रममा प्रदान गरिने समाजले जनाएको छ ।
उमादेवीले २०६४ सालमा राष्ट्रिय बादी अधिकार संघर्ष समितिको संयोजकका रुपमा ४८ दिन लामो ‘बादी आन्दोलन’को नेतृत्व गरेकी थिइन् ।
आन्दोलनको परिणामस्वरुप बादी समुदायको उत्थान र अधिकारका लागि नेपाल सरकारसँग २ बुँदे सैद्धान्तिक सहमति भएको थियो ।
२०१८ मा उमादेवी बीबीसीको विश्वका १०० उत्प्रेरणादायी र प्रभावकारी महिलाको सूचीमा परेकी थिइन् ।
प्रतिक्रिया 4